काभ्रेपलान्चोक – नेकपा एमाले बनेपा नगर कमिटीले ‘मिसन ग्रासरूट’ अभियान आज शनिबार बाट सुरू गरेको छ । पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमाले बनेपा नगर कमिटीले २ महिनाका लागि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको हो ।

बनेपामा आज नेकपा एमालेका केन्द्रिय सदस्य तथा काठमाडौं महानगरपालिकाको निवर्तमान मेयर विधासुन्दर शाक्यले कार्यक्रममा बोल्दै नेकपा एमाले लाई जनता स्तर देखि नै बलियो बनाउनेगरी संगठन बनाउनको लागि यस अभियानमा लाग्न अनुरोध गर्नु भएको थियो । 

उक्त ‘मिसन ग्रासरुट’ अन्तर्गत बनेपा नगरकमिटी अध्यक्ष रत्नकुश रंजितकारको साथै नगर कमिटीका पदाधिकारी र जिल्ला स्तरीय नेताहरुको उपस्थितिमा अभियान सुरु भएको हो । बनेपामा ‘मिसन ग्रासरुट’ अभियानले नेपाली कांग्रेस लाई असर गर्ने देखिन्छ । प्रतिनिधि सभामा देखिएको कांग्रेसको फुटले गर्दा धेरै नेपाली कांग्रेसका कर्याकर्ता नेकपा एमालेमा भित्रने अनुमान गरिएको छ ।

नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान नेपाल भर नै संचालन भैरहेको छ । जसमा लोकप्रिय नेता गोकुल बास्कोटा ‘मिसन ग्रासरुट’ अभियानको लागि यतिबेला चितवनमा हुनुहुन्छ ।           

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..