

बनेपा, काभ्रे। भक्तपुरको प्रसिद्ध जु:जु धौ अब बनेपामा पनि स्वाद लिन सकिने भएको छ। बनेपा नगरपालिका गेट अगाडि समाजसेवी अनिला कायस्थको निवासमा उनकी छोरी अभिलाषा कायस्थले संचालन गरेको नयाँ शाखा सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।


उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिका वडा नं. ८ की वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धरले रिबन काटेर औपचारिक उद्घाटन गरेकी थिइन्। कार्यक्रममा समाजसेवी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


भक्तपुरको सांस्कृतिक पहिचान मानिने जु:जु धौ दही परम्परागत रूपमा भैंसीको दूध प्रयोग गरी माटाको भाँडोमा जमाइने गरिन्छ। बाक्लो, मीठो र मलाईदार स्वादका कारण यसलाई “राजा दही” पनि भनिन्छ।

यसैसँगै सो स्टोरमा दही, दूध, लालमोहन, रसबरी, चिज, खुवा, पनिर, पेडा लगायत विभिन्न दुग्धजन्य परिकारहरू पनि उपलब्ध हुने संचालक अभिलाषा कायस्थले जानकारी दिइन्।
अब बनेपावासीले भक्तपुर धाउनुपर्ने झन्झट बिना नै आफ्नै शहरमै यी स्वादिष्ट परिकारहरूको आनन्द लिन सक्ने भएका छन्।