
बनेपा – पिपुल्स मल्टिपल क्याम्पसमा स्नातक तह प्रथम वर्षका विद्यार्थीहरूलाई लक्षित गर्दै Welcome Sports Meet 2082 को अवसरमा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

BBS र BSW प्रथम वर्षमा भर्ना भएका जम्मा १३५ जना विद्यार्थीहरूलाई क्याम्पसले विशेष कार्यक्रमको आयोजना गरी औपचारिक रूपमा स्वागत गरेको हो। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहँदै खेलकुद, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए।

उक्त कार्यक्रममा प्रशासकीय प्रमुख पुष्पराज कोइराला, क्याम्पस प्रमुख सूर्यप्रसाद पौडेल, सहायक क्याम्पस प्रमुख सुरेश सापकोटा, प्रगति प्रभात माध्यमिक विद्यालय, बनेपाका Managing Director चन्द्रप्रसाद ताजपुरिया, Innovative Hospitality Banepa का प्रबन्धक कामदेव साह ठाकुरी लगायत क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो।


कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई क्याम्पस वातावरणसँग घुलमिल हुन सहयोग पुग्नुका साथै आपसी सद्भाव र सहकार्यलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।



