

काभ्रे । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बागतमी प्रदेशको ८ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनसँगै नेतृत्व चयन हुने बागमती प्रदेश समितिको सभापतिमा पुरुषोत्तम शर्मा (लामिछाने) र उपसभापतिमा सुनिल श्रेष्ठले उम्मेदवारी दिएका हुन् । श्रेष्ठले धनेन्द्र केसीको केन्द्रीय नेतृत्वमा रहेको प्यानलबाट बागमती प्रदेश
उपसभापति पदमा उम्मेद्वारी दिएका हुन् ।


पुरुषोत्तम शर्मा नेतृत्वको बागमती प्रदेश प्यानलबाट कुशल खड्काले सचिव, प्रविन काफ्लेले उपसचिव र कोषाध्यक्षमा खेम शाहीले उम्मेदवारी दिएका हुन् । सदस्यहरुमा सुशान्त उप्रेती, दिपिका अधिकारी, समिक्षा ढकाल, रोजिना ग्यामरु, हिमाल दाहाल, टिकाराम श्रेष्ठ, पुरुषोत्तम पाण्डे, विनोद पाण्डे र समी सुवेदीले उम्मेदवारी दिएका हुन् ।

यस्तै उपसभापतिमा उम्मेदवारी दिएका श्रेष्ठले आफूले बागमती प्रदेशका समग्र इन्जिनियर र आर्किटेक्टहरुको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । धनेन्द्र केसी नेतृत्वमा रहेको टिमले उम्मेदवारी घोषणा गरिसेको छ
