दिनेश भण्डारी/काठमाडौं- लोक गीत संगीत एक पछि अर्को गर्दै बजार मा आउने क्रम निरन्तर रहेको छ । यसमा पनि पुराना गित संगीत भन्दा अलि फरक र समय सान्दर्भिक खालको गीतहरु बजारमा मा धेरै आइरहेको देखिन्छ। कुनै गीत पारिवारिक हुन्छ भने कुनै गीत माया पिरती मा आधारित गीत हुने गर्दछ तर जे होस् गीत संगीत ले बजार मा छुट्टै मनोरञ्जन दिने गरेको छ यस्तै रमाइला गीतहरु गाउने गायक मध्ये एक हुन् अशिम कुमार कटुवाल ।

उनै अशिम कुमार कटुवालको प्रस्तुतिमा पछिल्लो समय लोक दोहोरी गीत “तिमि मेरो है सानु” सार्वजनिक भएको छ । उनको यस गीतमा अशिम कुमार कटुवाल र कल्पना पराजुलीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय गयाम स्वयम् ले भरेका हुन् भने शब्द प्रेम ढुंगानाको रहेको छ ।

अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा बिजय पुन र जुनु एस डी को आकर्षक अभिनय देख्न सकिन्छ । निरेन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई कोरियोग्राफी नितिन वाइवा, छायांकन चक्र बराल र सम्पादन अमृत चापागाईंले गरेका छन् । गायक तथा सर्जक अशिमले पहिलेका आफ्ना प्रस्तुतिलाई झैं यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले माया गरिदिनुहुने कुरामा बिश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..