काभ्रेपलान्चोक – नेकपा एमाले नमोबुद्ध नगर कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

नेकपा एमालेको मंगलबार सम्पन्न काभ्रेपालाञ्चोकका ९ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

जिल्लाको १३ स्थानीय तह रहेको काभ्रेका चार स्थानीय तहमा भने अधिवेशन हुन बाँकी रहेको थियो । जसमध्ये आज नेकपा एमाले नमोबुद्ध नगर कमिटीको नेतृत्व चयनका लागी मतदान भैरहेको छ ।

सहमतिको प्रयास विफल भएपछि मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो । अध्यक्ष पदमा दस जनाको उम्मेदवारी परे पनि ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्षमा कृष्ण खनाल, सन्जीव ढकाल, पुर्ण पाण्डे र उद्धवप्रसाद हुमागाइबीच प्रतिस्पर्धा भैरहेको छ ।

अध्यक्षमा उम्मेदवारी दिएका टिपी शर्मा तिमल्सिना, अर्जुन खनाल, जनार्दन अधिकारी, बुद्धसिं लामा, टीका गिरी र रामशरण हुमागाइले उम्मेदवारी फिर्ता लिएका छन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..