
२०८२ साउन ११
Danacup 2025 U 14 काे फाईनल गेममा नेपालले जित हाँसिल गरेकाे छ। फाईनल खेल केन्या र नेपाल बिच भएको थियो ,भने नेपालले ३ गाेल र केन्याले 0 गाेलमा हार व्यहोरेकाे साे खेलमा नेपाल बिजयी भएको हाे। डेनमार्कमा भएकाे U 14 फुटबल गेममा भाग लिन नेपाली टाेली साउन ३ गते(19 july) डेनमार्क पुगेका थिए। यस कपमा करिब ४५ भन्दा बढी विभिन्न देशका प्रतियोगीहरुले भाग लिएकाे जनाएको छ।


याे अन्तर्राष्ट्रिय जगतमा नेपालकाे U 14 काे टिमले बिजय हासिल गरेकाे एतिहासिक क्षणकाे रुपमा लिन सकिन्छ। काठमाडौंकाे शंखरापुर ८ भुल्भु निवासी रिजन खड्का उक्त खेलमा भाग लिन डेनमार्क पुगेका हुन्,उनले आफ्नो अनुभव र सफलताकाे जानकारी गराउदैँ अन्तर्राष्ट्रिय स्तरकाे गेममा भाग लिई सफलता हाँसिल गरेकाेमा खुसि व्यक्त गरेका थिए,साथै सिंगाे शंखरापुर नगरवासिलाई आफ्नाे अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले जित सँगै नगरकाे नाम अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउन सफल भएको बताए ।





                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          