राजन थापा/ काठमाडौं
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १ र ७ को सिमानामा संगला खोला पुलको शिलान्यास गरिएको छ । तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरि महर्जनले शिलान्यास गर्नु भएको हो ।

आयोजना सम्पन्न २०८१ असार पन्ध्र गते सम्म रहेको छ भने कुल लागत ३,२३, ६०, ४०९ रहेको छ । उक्त पुल निर्माण ठेक्का पुष्पाजली बिल्डर्स प्रालीले पारेको छ । तारकेश्वर नगरपालिका वडा नं. १ को वडा अध्यक्ष बिदुर सापकोटा र वडा नं. ७ शानुकाजी खत्री त्यसैगरि वडा सदस्यहरु अचुक राज कुवर, प्रविधि हरेराम प्याकुरेल, समाजसेवी अजय थापा, समाजसेवी अमर बहादुर तामाङ, सचित राज कुवर, भुपेन्द्र थापा साथै स्थानीयहरुको उपस्थिति रहेको थियो।

तारकेश्वर नगरपालिको नगर प्रमुख कृष्ण हरि महर्जनले कार्यक्रममा बोल्दै नगरले आफू निर्वाचित भए पछि बिकासले फडको मारेको बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा नै नगरको सम्पूर्ण समस्यहरु समाधान गर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly