झापाका संस्कार सापकोटा Sa Re Ga Ma Pa Lil’s Champs Nepal मा  देश-विदेशका सम्पूर्ण नेपालीहरूलाई भोटको अपिल

सन्तोष बजजाई

बिर्तामोड/ झापा

बिज्ञापन

सङ्गीत साधनामा समर्पित बाल प्रतिभा संस्कार सापकोटा हाल नेपालकै लोकप्रिय गायन रियालिटी शो “Sa Re Ga Ma Pa Lil’s Champs Nepal” मा प्रतिस्पर्धीको रूपमा सहभागी भइरहेका छन्। झापा बिर्तामोड निवासी सापकोटा हाल Newton’s Education Academy मा कक्षा ८ मा अध्ययनरत छन् र सप्तक संगीतालय, बिर्तामोड मार्फत निरन्तर गायन प्रशिक्षण लिँदै आएका छन्।

सानै उमेरदेखि सङ्गीतप्रतिको रुचि र लगनशील साधनाले संस्कारलाई आज राष्ट्रिय स्तरको ठूलो मंचमा पु¥याएको छ। उनी पूर्वी नेपाल, प्रणामी समाज र सम्पूर्ण नेपाली संगीत जगतको प्रतिनिधित्व गर्दै आत्मविश्वासका साथ प्रतिस्पर्धा गरिरहेका छन्।

संस्कारले आफ्नो सन्देशमा भनेका छन् —

“आज म जुन स्थानमा उभिएको छु, त्यसको सम्पूर्ण श्रेय देश-विदेशमा रहनु भएका मेरा बुवा-आमा, दाजुभाइ, दिदीबहिनी, गुरुवर्ग र शुभेच्छुकहरूलाई जान्छ। तपाईंहरूको निरन्तर साथ, समर्थन र मायाले नै मलाई अघि बढ्न प्रेरित गरिरहेको छ।”

अब प्रतिस्पर्धा थप कठिन बन्दै जाँदा संस्कार सापकोटालाई तपाईंहरूको अमूल्य भोट र समर्थन आवश्यक परेको छ। उनी भन्छन् —

“कृपया मलाई धेरैभन्दा धेरै भोट गरी मेरो उज्ज्वल भविष्यको यात्रा सजिलो बनाउन सहयोग गर्नुहोस्।”

संस्कार सापकोटा नेपाली सङ्गीतको उज्यालो भविष्य हुन् भन्नेमा धेरैको विश्वास छ। सिङ्गो नेपाली समुदायले उनलाई साथ दिई उनीलाई विजयी बनाउने अपेक्षा गरिएको छ।