काभ्रेपलान्चोक – जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपाली खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै छन् ।

पौडी खेलाडी गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् ।

गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । १३ औं सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छिन् । यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।

यसैगरी टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन् । जसमा एलेक्जेन्डर गाडेगार्ड शाह एलेक्सले मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन् । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए ।

हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । तर, एलेक्स हिट चरणबाटै बाहिरिएका थिए । माउन्टेन टिभी बाट

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..