बनेपा, असार २८ – आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ति नेपाल बौद्धिक परिषद बनेपा नगरकमिटीको आयोजनामा बनेपा नगरपालिका वडा नं १० को सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नगरकमिटी अध्यक्ष श्रीकृष्ण पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथि परिषदका सदस्य डा. बिदुर बस्ती रहनुभएको थियो। विशेष अतिथिमा वरिष्ठ लोक गायक मच्छेस्वर सापकोटा, कविहरु यादव थापा, मुरहरी रायमाझी, केदार तिमिल्सिना, जिल्ला अध्यक्ष केशव थापा तथा नगर सचिव पवन केसीलगायतको उपस्थिति थियो।

“समुन्नत भाषा, साहित्य र कला; समृद्ध राष्ट्रको आवश्यकता” भन्ने नारासहित आयोजित कार्यक्रममा करिब ३५ जना साहित्यप्रेमीको सहभागिता रहेको थियो।

कविता वाचन सत्रमा श्रीकृष्ण पाण्डे, पूर्ण बहादुर श्रेष्ठ, नवराज दाहाल, दिनेशराज खरेल, रक्तिम लामा, राधिका घिमिरे, कालिका त्रिपाठी पन्त, सरस्वती चिमौरिया, भवानी पाण्डे, शुशिला बिस्ट लगायतका कवि तथा कवियत्रीले आ–आफ्ना सिर्जना वाचन गरेका थिए।

बालकवि शिवम बस्तीको रचनावाचनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। प्रमुख अतिथि डा. बिदुर बस्ती र अध्यक्ष केशव थापाले आदिकवि भानुभक्तको योगदानबारे प्रकाश पार्नु भएको थियो।

 

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz