काभ्रेपलान्चोक – डाइनामिक सोसियल क्लब बनेपा -३ नाला टुसाल द्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

डाइनामिक सोसियल क्लब बनेपा -३ नाला टुसाल द्वारा आयोजना भएको रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी बनेपाले प्राबिधिक सहयोग गरेको छ । उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ३ का स्थानीयहरु ५१ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रम शनिबारका दिन आज बिहान दश बजे देखि दुई बजे सम्म संचालन गरेको डाइनामिक सोसियल क्लबका महासचिव रविनसन श्रेष्ठले काभ्रे प्रेस लाई जानकारी दिनु भयो । उहाँले भन्नू भयो विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

उक्त क्लबले यसअधि पनि विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको डाइनामिक सोसियल क्लबका अध्यक्ष रमेश श्रेष्ठले बताउनु भयो ।       

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..