ज्ञानकुञ्ज कलेजका विद्यार्थीको उत्कृष्ट सफलता, पवित्रा हुमागाँई दुई पटक जिल्ला प्रथम

 

काठमाडौं । Tribhuvan University द्वारा २०८२ असार महिनामा सञ्चालन गरिएको एम.बि.एस. प्रथम सेमेष्टर परीक्षामा ज्ञानकुञ्ज कलेजका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेका छन्। परीक्षामा सहभागी विद्यार्थीमध्ये पवित्रा हुमागाँई जिल्ला प्रथम तथा स्वस्तिका सापकोटा जिल्ला द्वितीय स्थान हासिल गर्न सफल भएका हुन्।

बिज्ञापन

विद्यार्थीहरूको उक्त उपलब्धिले ज्ञानकुञ्ज कलेजको शैक्षिक गुणस्तर, अनुशासन र अध्ययन वातावरणलाई थप मजबुत बनाएको कलेज प्रशासनले जनाएको छ। विशेषगरी पवित्रा हुमागाँई र स्वस्तिका सापकोटाको सफलताले कलेजको शैक्षिक इतिहासमा गौरवमय अध्याय थपिएको बताइएको छ।

त्यसैगरी, Tribhuvan University द्वारा २०८२ माघ महिनामा सञ्चालन गरिएको एम.बि.एस. दोस्रो सेमेष्टर परीक्षामा पनि ज्ञानकुञ्ज कलेजकी छात्रा पवित्रा हुमागाँईले ३.८३ जिपिएसहित पुनः जिल्ला प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। लगातार दुई सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउँदै उनले कलेजको प्रतिष्ठालाई थप उचाइमा पुर्‍याएकी छन्।

कलेजका अनुसार, परीक्षामा सहभागी अन्य विद्यार्थीहरूले समेत उत्कृष्ट नतिजासहित सफलता प्राप्त गरेका छन्। विद्यार्थीहरूको यस उल्लेखनीय उपलब्धिप्रति कलेज परिवारले हार्दिक खुसी व्यक्त गर्दै सम्पूर्ण सफल विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेको छ। साथै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्दै शैक्षिक क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्न शुभकामना समेत व्यक्त गरिएको छ।