काभ्रेपलान्चोक – बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा उद्योग वाणिज्य कार्यालय धुलिखेलको आयोजनामा र ज्योति मिमिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा बारिस्ता बनाउने उधमशिलता बिकास तालिम कार्यक्रम सम्पन्न भएको छ ।

इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । काभ्रे जिल्ला भर रहेका ५४ जना विद्यार्थीलाई प्रशिक्षण गराइएको थियो । असार ३ गते देखि असार ९ गते सम्म ट्रेनिङ संचालन भएको थियो ।

इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर, विद्यार्थीको उज्वल भविष्यप्रती समर्पित एक सुपरिचित ट्रेनिङ सेन्टर हो । यहाँ बाट वेटर, बारिष्टा, कुक, वार टेर्निङ, सुसी, हाउस किपिङ, होटल तालिमका लागि सेन्टरले अनुभवी तथा दक्ष शिक्षकबाट मोटिभेसन विधीबाट गुणस्तरीय तालिम प्रदान गर्ने भएपछि विद्यार्थी प्रभावित भएका छन्।

कार्यक्रममा उद्योग वाणिज्य कार्यालय धुलिखेलको प्रमुख सिताराम घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष उद्दव सापकोटा, प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहाल, ज्योति मिमिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल, इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरको प्रबन्ध निर्देशक कामदेव शाह, प्रमुख प्रशिक्षक सजिना दुलाल, प्रशिक्षक सुमन अधिकारी, मिनु शाह, रुपक हुमागाई, रबिन्द्र चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाका व्यवसाय विभाग प्रमुख पुरुषोत्तम दाहालले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly