काभ्रेपलान्चोक – राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्बन्धी कानुनी व्यवस्था, वर्तमान अवस्था, प्राधिकरणको भावि कार्यदिशाका सचिव रविन ढकाल तथा नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई जारी निर्देशन तथा मापदण्ड २०८१ का सम्बन्धमा कर्यपत्र प्रस्तुत गर्नुभयो ।

काभ्रे जिल्लाका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको सहभागितामा जिल्ला सहकारी संघ काभ्रे र जिल्ला बचत संघ काभ्रेद्वारा संयुक्त रुपमा आयोजित अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको हो ।

जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत गुरु प्रसाद ढकालले सहकारी क्षेत्रको वर्तमान अवस्था र परिस्थितिको सवाल आगामी सहजीकरणको आवश्यकताको बारेमा प्रस्तुति गर्नुभयो । जिल्ला सहकारी संघका प्रमुख कार्य कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

जिल्ला सहकारी संघ काभ्रे अध्यक्ष अमन पोटको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयाेजक जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थ रहनुभएको थियोे ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul