बिजुलीपानी, फर्निचार झ्यालढोका मर्मत, हरेक शुक्रबार, कक्षागत मासिक र नतिजा प्रकाशन लगायत अघिपछि दिईने पुरस्कार, शिक्षक कर्मचारी सम्मान तथा पुरस्कार, बार्षिक उत्सव लगायत बर्षभरि गरिने कार्यक्रम खर्च, खेलकुद खर्च, प्रतियोगिताहरू सञ्चालन तथा सहभागी खर्च, बालक्लब, किशोरी र आमा समूह सञ्चालन खर्च, स्वास्थ्य तथा बातावरणिय प्रबर्द्धन खर्च, यातायात तथा ढुवानी खर्च, शैक्षिक सामग्री खर्च, लेखापरीक्षण खर्च, गुणस्तर बृद्विका लागि गरिने कुनै पनि अभ्यासहरूमा लाग्ने खर्च, बिद्यालय बिकासका योजना तथा कार्यक्रम खर्च, सूचना प्रचार प्रसार तथा प्रकाशन खर्च, आईसिटी उपकरण सञ्चालन तथा मर्मत खर्च, अभिभाबक शिक्षा कार्यक्रम खर्च, भौपरि आउने खर्च लगायत यस्ता सयौं खर्च छन् जो सरकारले सुको चुहाउदैन ।
२०२८ सालको शिक्षा कानुन् ८१ साल आईपुग्दा पनि समय सापेक्ष बनाउन नसक्ने, प्र.अ.लाई अधिकार स्रोत साधन सम्पन्न, दक्ष नबाउने, बि.ब्य.स. र अभिभाबकलाई बिद्यालयको अभिन्न अंग मानी कार्यक्रम नबनाउने, व्यवहार परिवर्तनका मूल्यांकन पद्वति अँगाल्नुको सट्टा परम्परागत पेपर पेन्सल मूल्यांकन, शिक्षकको पेशागत बिकास र वृति बिकासको सट्टा निरूत्साहित पार्ने पद्वति भएका मान्छे माथी पुग्ने । माथीबाट कुर्लिने शैक्षिक सस्कार, शैक्षिक आँखा र कान दुबै नभएको राज्य र सरकारहरू । अनि निशुल्क शिक्षा भजेको छ भजेको छ । मेरो बिचारमा हुनेखानेले पैसा तिरेर पढ्ने र नहुनेलाई चाहिँ निशुल्क हुनुपर्छ । के बालबालिकाको निशुल्क पढ्न पाउने अधिकार भन्ने कुरा सामुदायिक स्कुलमा मात्र लागू हुनुपर्ने ? त्यसो भए निजीमा पढ्ने लाखौं बालबालिकाको बाल अधिकारको कुरो त यहाँ उठ्दैन त । कि उनिहरूचाहि बालबालिकै हैनन् कि ? उनिहरूलाई चाहिँ संविधान तथा कानुन् नलाग्ने हो कि । उनिहरू छुट्टै नागरिक हुन् कि ?
आफू छोराछोरी सरकारी स्कुलमा नपढाउने अनि गफ र शासन चाहिँ सरकारी स्कुलका गर्ने ? यो शिक्षक, नेता, गाँउका ठूलाठालु भनौदादेखि माथीसम्मका सबैलाई भनिएको हो । के यो सुहाउछ ? प्र.अ. लाई हातखुट्टा बाधेर कुर्सिमा राखेर ल अब चल र अगाडि बढ् भनेर हुन्छ ? एउटा सानो फिस्टे अफिस चलाउन चाहिँ सरकारले छुट्टै प्रशाशक देखि लिएर सबथोक ब्यबस्था गर्ने अनि हजारौ र लाखौ जनतासँग जोडिएको बिद्यालय चाहिँ उसै चल्छ ? खुट्टा बाधेर दौड भन्ने ? अनि रेसमा टप गरेन भनेर उल्टो मनोबल गिराउने ?
सरकारी स्कुल कसरी चल्छ भनी थाहै नभएका यसको मर्म नबुझेका मात्र माथि पुग्छन् कि क्या हो भन्ने मलाई त भान भैरहेको छ । अर्को तिर शिक्षाबीद भनौदाहरू सुझो न बुझो पुराण सुनाउछ । उनीहरूले गरेको चाहिँ एउटा छैन, मात्र बिदेशीहरूले के के भन्छन् उसैउसै यहाँ नेपालमा भनी दिन्छन् । उनिहरूले शहर र ग्रामिण तथा दूरदराजको एउटा सरकारी बिद्यालय यसरी चलाउने भनेर नमूना देखाको भए पो पत्याउनु । देखाए हुने नि ? शिक्षकलाई गाली गर्नुको सट्टा त्यतिको जान्नेले चाहिँ यसरी गर भनेर कक्षा कोठा कोठामा पुगेर सिकाई दिँदा हुँदैन भन्या ? रिपोर्टर्स क्लब, मिडिया तथा स्टार होटलमा फलाक्नु भन्दा ।
तिमीहरूचाहि के गर्दैछौ त भन्ने प्रश्न उठ्न सक्छ । हामीले आफ्ना छोराछोरी आफ्नै र सामुदायिक स्कुलमा पढाइ सकम्भर राम्रो बनाउन लागि रहेका छौ । तर खोेई आबश्यक सपोर्टरु । हामी केही शिक्षक जो कर्तब्य बिमुख छौ उनिहरूलाई पनि केही भन्नमन लागेको छ । साथीहरू यो पेशालाई सर्वश्व ठान्नुस्, उठ्दा, बस्दा, सुत्दा र जहाँ जाँदा पनि आफ्नो पेशा र जिम्मेबारीलाई सम्झनुस्, यसलाई साईड पेशा नबनाउनुस् । यो त पैसा कमाउने जागिर हैन, मान प्रतिष्ठा कमाउने इच्छा भए मात्र शिक्षक बन्नुस्, पैसा कमाउन त व्यापार ब्याबसाय गर्ने वा बिदेश गए भै गो नि । फेरि यो पेशामा आउदा रमाएर आउनुस् र रिटायर्ड हुने दिन सम्म टायर्ड नभई रमाएरै काम गर्नुस्, अल्छी जुन दिन लाग्छ नि त्यहि दिनबाट राजिनामा दिइ चटक्क छाड्नुस्, याद गरौं हामीलाई कसैले कठालोमा समाई स्कुलको गेटभित्र हुलीदिएका हैनन्, हामी हाम्रो ईच्छाले स्कुलमा आएका छौ । तसर्थ मन लाएर काम गरौं, पार्टीहरूका हैन शिक्षण सिकाई सामग्रीले भरिएका झोला बोकौं ।
अभिभाबकहरूलाई पनि केही भन्न मन लागि रा छ । यो चाहिँ सबै अभिभाबकलाई हैन, जो यसो गर्नुहुन्छ, वहाँहरूलाई मात्र । आफ्ना छोराछोरीले तडकभडक लुगा र फेसन सो गर्दा, शिक्षकका नराम्रा कुरा गर्दा गर्वले छाति फुलाउने तपाईं जति ठूलो मोबाईल बोक्यो उति मेरा सन्तान ठूला भनी नाक घोक्रयाउने तपाईं, रातभरि छोराछोरी के मा ब्यस्त छन् भनी ख्याल नगर्ने तपाईं, भोलिपल्ट कक्षामा तपाईको छोरा छोरी उङ्छ भन्दा नपत्याउने पनि तपाईं, बेलुका साँझमा एउटा कुखुरोको चल्लो हराए धुईधुईति खोज्ने तर छोराछोरी राती घर नआउदा ख्याल नहुने पनि तपाईं । कस्तो संगतमा छ होला भनी चियोचर्चो गर्नुको सट्टा काम काम भन्दै तत्काल देखिने फाईदाको पछि लाग्ने पनि तपाईं, चुरोट, रक्सी खान, कक्षा १ बाटै ब्याईफ्रेण्ड(गर्लफ्रेण्ड भन्न प्रत्यक्ष अप्रत्यक्ष रूपले सिकाउने पनि तपाईको समाज, छिमेक र तपाई । राम्रो पढे मेरो छोरा छोरी उसै ट्यालेण्ट थियो र राम्रो नपढे (शिक्षकले पढाएनन् भन्ने पनि तपाईं अनि दोष जति शिक्षकलाई ? दोष सबैले बोकौं । ककस्को भागमा कति पर्ने हो (हिसाब गरेर)
मैले यहाँ समस्या मात्रै उठाउन खोजेको हैन, सबैले आआफ्नो जिम्मेवारी पूरा गरौं, राजनितिक दलहरूले सार्वजनिक शिक्षा मागी खाने भाडो तथा अभिनय मात्र नगरौं, राज्यकोषबाट सेवासुबिधा लिनेले सबैले सामुदायिकमै छोराछोरी पढाओ, ब्यबस्थापन समितिमा शिक्षा क्षेत्र बुझेका नबुझेका सबैको प्रतिनित्व गराऔ, समुदायले स्कुल सरकारले गरिहाल्छ भनी नबसौं, राज्यले स्वास्थ्य पछि लगत्तै शिक्षालाई ठूलो प्राथमिकतामा राखोस्, ऐन कानुन र नीति कार्यक्रम बनाउदा भोगेका शिक्षक तथा शिक्षाकर्मीको सहभागिता गराऔं, शिक्षकलाई कसैको झोले र दास नबनाई गुरूको दर्जामा राखौं, गुरूको दर्जा पाउन गुरूले पनि सोही अनुसारको कर्म गरौं, राज्यले गुरूलाई १ नं को दर्जामा राख्न लाज नमानौं, ल त हेरौ कुनै सरकार र कुनै पालिकाले एउटा मात्र भए पनि वा १ रूपैंया मात्र भए पनि शिक्षलाई सुबिधा बढि दिएर हेरौं त । अब बिद्यार्थी मात्र नभई अभिभाबकको पनि भर्ना भएको मानी भूमिका डिफाईन् गरौं, काम गर्न नरूचाउने र ठगठाग गरि राज्यको काम कतिबेला जाला घाम भन्ने शिक्षकलाई पनि बिदाई गरौं, जनप्रतिनिधि, शिक्षक, बि.ब्य.स., सरकार सबैको भूमिका डिफाईन् गरि ति सबैको मूल्यांकन पनि गरौं, कार्यसम्पादनमा आधारित पुरस्कार र दण्डको ब्यबस्था गरौं, निजी र सरकारी स्कुलमा एउटै पाठ्यपुस्तक लगाऔं, बिद्यार्थीको ब्यबहार, आचरण, सीप बिकासको मूल्यांकन पद्वति अपनाऔं, लेखाइसीप जाच्नु पर्दा मात्रै थोरै पूर्णाङ्कको अहिलेको जस्तो हलमा बसि लेख्ने जाँच लिँउ । आगामी दिनमा देश कस्तो बनाउने हो त्यसै अनुरूपको शिक्षा बनाऔं, सबै लागि परौं, सबैले मम भनौ, यो सम्भब छ ।
लेखक-श्री महाकाली मा.वि. मण्डनदेउपुर-४, काभ्रेका प्रधानाध्यापक हुनुहुन्छ ।