काठमाडौँ, राजन थापा असार ६ औद्योगिक क्षेत्रका श्रमिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै IME मोटर्स परिसरमा आयोजित दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा ॐ समाज डेन्टल अस्पतालले निःशुल्क दन्त सेवा प्रदान गरेको थियो।
शिविरमा ६६ जना श्रमिकहरूले सेवा लिएका छन्। शाखा प्रमुख सबिना पपन गुरुङका अनुसार, “सिर्फ IME मोटर्सका कर्मचारीहरू मात्र नभई बिन्न कम्पनीका मजदुरहरूले पनि सेवा प्राप्त गरेका छन्।”
स्वास्थ्य शिविरमा डा. प्रसिया सिंह, डा. सुदेसा अधिकारी, सहायकहरू जुनु पण्डित र दुर्गा न्यौपानेले सेवा प्रदान गरेका थिए। शिविरमा दन्त परीक्षण, परामर्श र उपचारसम्बन्धी सेवा दिइएको थियो।
कार्यक्रमको अवसरमा IME मोटर्स र ॐ समाज डेन्टल अस्पतालबीच पारस्परिक सहकार्यको लागि समझदारीपत्र (MOU) समेत हस्ताक्षर गरिएको छ। यस MOU मार्फत आगामी दिनहरूमा पनि नियमित रूपमा कर्मचारीहरूलाई दन्त स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।
गुरुङले भनिन्, “सडकदेखि सदनसम्मका सबैका लागि सहज, सुलभ र गुणस्तरीय दन्त सेवामा हाम्रो निरन्तर प्रतिबद्धता रहनेछ।”

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly