आज गुरुङ समुदायको नयाँ वर्ष ‘तमु ल्होसार’ पर्व मनाइँदै

# आज गुरुङ समुदायको नयाँ वर्ष ‘तमु ल्होसार’ पर्व मनाइँदै
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, पुष १५, २०८२
आज गुरुङ समुदायको नयाँ वर्ष ‘तमु ल्होसार’ पर्व मनाइँदै
काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व भव्य रूपमा मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो। गुरुङ समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा विशेष उत्साहका साथ मनाउने परम्परा रहेको छ।

तमु ल्होसार पर्व सूर्यको किरण र तापसँग सम्बन्धित रहेको विश्वास गरिन्छ। गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लाहरूमा सूर्यको ताप पहिले पर्ने भएकाले पुस महिनामा यो पर्व मनाइने गरिएको जानकारहरू बताउँछन्। यसैगरी, क्रमशः तामाङ र शेर्पा समुदायको बसोबास भएका क्षेत्रमा सूर्यको ताप पछि पर्ने भएकाले माघ र फागुन महिनामा ल्होसार मनाइने विश्वास छ।

पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारको विशेष महत्त्व रहेको जानकारहरूको भनाइ छ।

बिज्ञापन

तमु ल्होसारको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ। यस अवसरमा काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायले विविध सांस्कृतिक कार्यक्रमसहित विशेष समारोहको आयोजना गर्दैछन्।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up