
झापा । श्री बोलोचौक बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम साधारणसभा सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ४ स्थित बाेलोचाैकमा रहेकाे संस्थाकाे साधारणसभा आफ्नै कार्यालयको प्राङ्गणमा गत शनिबार सम्पन्न भएको हाे ।


नगरपलिकाको सहकारी कार्यविधि ऐन, २०७४ अन्तर्गत स्थापित यस संस्थालाई वडाकै पहिलाे र नगरपालिकाकाे कान्छाे सहकारीका रूपमा चिनिन्छ । उक्त सहकारी यस वर्षकाे नेपालकै पहिलाे कर तिर्ने संस्था समेत भएको छ । साधारणसभाकाे उद्घाटन गर्दै नगरप्रमुख मेगाहाङ्ग थाेप्राले कारोबार सँगै उत्पादनमुलक काम गर्न संस्थालाई आग्रह गर्दै अहिलेकाे प्रबिधि सँग पनि जाेडिनका लागि सहकारीलाई डिजिटलाईजेसन गर्न एटिएम राख्न सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।


यस्तै, उप -मेयर नर माया कार्कीले सहकारीलाई मलकाे डिलर राख्न र चिया प्याकेजिङ गरि बजारिकरण गर्न सहयाेग गर्ने बताउनुभयाे । गरिबी र बेरोजगारी घटाउन कृषिलाई समेत व्यवसायिकरण गर्नुको विकल्प नरहेको उहाँकाे भनाई थियाे ।

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतका प्रतिवेदनहरु पारित गरेको छ । संस्थाका अध्यक्ष डा.धर्मेन्द्र कुमार शाहले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा संस्था सधै क्रियाशिल रहने प्रतिवद्धता जनाउँदै सदस्यहरुको साथ र सहकार्यले आगामी दिनमा संस्थाले थप उचाई हासिल गर्ने बताउनुभयाे ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता मिना दुलाल खतिवडा,दिलिप कुमार शाह,शेर बहादुर ताजपुरिया, नियमित बचतकर्ता नरेश ताजपुरिया,ओमनाथ कडेरिया,विरेन्द्र प्रसाद यादव, उत्कृष्ट ऋणी निर्मला दाहाल, गंगा माया ताजपुरिया, उत्कृष्ट शेयर सदस्य पदम माया मैनाली, सुवास पौदार र संस्थालाई विभिन्न क्षेत्रबाट सहयाेग गर्नुहुने व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।
यसैगरी, कार्यक्रममा नजिकिदै गरेकाे विजया-दशमी, शुभ-दिपावली,छठ पर्वकाे शुभकामना आदान प्रदानका साथै विभिन्न जातिय साँस्कृतिक कार्यक्रम पनि गरिएको थियाे ।
संस्थाका अध्यक्ष डा.धर्मेन्द्र कुमार शाहकाे सभापतित्वमा सम्पन्न सभामा शिवसताक्षी न.पा.-५ का वडा अध्यक्ष सिकिन पासवान, झापा जिल्ला सहकारी संघका सदस्य तिलक प्रसाद सिंह राजवंशी, समाजसेवी भक्ती सिटौला ,ईलाका प्रहरी कार्यालय, शिवगञ्जका ईन्चार्ज अशोक चौहान,श्री बाल कल्याण आधारभूत विद्यालयका अध्यक्ष रंजीत कुमार ताजपुरिया, श्री पाथिभरा आधारभूत विधालयका प्रध्यानाध्यापक दिलिप ताजपुरिया,बोलोचौक बजार व्यवस्थापन समितिका अध्यक्ष श्री कृष्ण श्रेष्ठ, वडा नम्बर ४ का चारै जना वडा सदस्यहरू सुमन लाल साहु,देवी तिवारी,चन्द्रावती ताजपुरिया,कृष्ण कुमारी परियार,ताजपुरिया बन्दु समाजका अध्यक्ष हरिया ताजपुरिया, नेपाल रेडक्रस सोसाईटी पाचगाछी उपसाखाका सभापति मिता सिटौला, प्राथमिक स्वास्थ केन्द्र शिवगञ्जका प्रमुख डा. देव पासवान, शेयर सदस्यहरू लगायत स्थानीयकाे उपस्थिति रहेकाे थियाे ।
पूर्ण कुमार शाहकाे संयोजकत्वमा सम्पन्न उक्त साधारणसभाकाे कार्यक्रम सञ्चालन भने बलराम ताजपुरियाले गर्नुभएको थियाे । संचालक समितिकाे अध्यक्षमा डा. धर्मेन्द्र कुमार शाह,उपाध्यक्ष पवित्रा ताजपुरिया,सचिव जुनु कुमारी ताजपुरिया,सह-सचिव अनिता दुलाल,कोषाध्यक्ष प्रभा ताजपुरिया,सदस्यहरू कचाली ताजपुरिया,निर्मला ताजपुरिया, लक्ष्मी ताजपुरिया, माया कुमारी ताजपुरिया रहेका छन् । यस्तै, लेखा सुपरीवेक्षण समितिकाे संयोजकमा सुनिता कुमारी राजवंशी (ताजपुरिया), सदस्यहरू सरस्वती ताजपुरिया, सुवास पौदार छन् भने ऋण समिति संयाेजकमा अनिता ताजपुरिया, सदस्यहरूमा शुशिला ताजपुरिया र गंगा कुमारी ताजपुरिया रहेका छन् ।

                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          