काभ्रेपलान्चोक – विगत लामो समय देखि आयोजना हुँदै आएको काभ्रे फेस्ट प्रतियोगिताको सिजन ४ को फाइनल ६ गते शनिबार हुने भएको छ। उक्त कार्यक्रम बनेपाको रोयल लाउन्ज बारमा सम्पन्न हुन लागेको हो ।

 

बागमती प्रदेशका पुर्व कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा, बनेपा नगरपालिका वडा नं. ९ को वडा अध्यक्ष नृपेश वादेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने लागेको हो ।

मोडलिङ क्षेत्रमा रुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर रहेको काभ्रे फेस्ट प्रतियोगितामा असार ९ गते अडिसन रोयल लाउन्ज बारमा भएको थियो । उक्त कार्यक्रम एल एण्ड एन मोडल एजेन्सीले आयोजना गरेको छ । २३ जनाको सहभागी बाट सुरु भएको प्रतियोगिताको फाइनलमा १० जना पुगेको निर्देशक नितिन कायस्थले जानकारी दिए।

आफू भित्र रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा ‘काभ्रे फेस्ट सिजन ४’ एउटा सुनौलो अवसर रहेको सहभागीहरुले बताएका छन् ।

प्रतियोगिताहरुको समग्र मुल्यांकन सहभागीको मोडल व्यक्तित्व तथा मोडलिङमा अभिरुचि, फोटोसुट र स्टेज प्रस्तुतिकरण गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..