काभ्रेपलान्चोक – बनेपामा २०६५ सालमा स्थापना भएको प्रभात बचत तथा ऋण सहकारी संस्था लि.को तेह्रो वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शनिबार बनेपामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सागरनाथ कपालीले दिप प्रज्ज्वलन गरि उद्धाटन गरेको कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईं, मणिराम दाहाल, निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र दाहाललगाएतको आतिथ्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष फिरोज शाक्यको स्वागत मन्तव्य र सचिव सुमन चौ प्रधानको सञ्चालनमा भएको कार्यक्रममा सचिवको प्रतिवेदन सचिव सुमन चौ प्रधानले, कोषाध्यक्ष बलराम श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक भरत दाहालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
संस्थाको साधारण सभाबाट पुनः सागरनाथ कपालीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ समिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा फिरोज शाक्य, सचिवमा सुमन चौ प्रधान, कोषाध्यक्षमा बलराम मानन्धर र सदस्यहरुमा पूर्णिमा प्रधानाङ्ग, सञ्जयप्रकाश प्रधान र सरस्वती तौजले श्रेष्ठ तथा लेखा सुपरीवेक्षण समिति संयोजकमा भरत दाहाल र सदस्यमा प्रदीप प्रधान र धनबहादुर कर्माचार्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..