नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिक साधारणसभा सम्पन्न

 

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोही संघको ४० औं वार्षिक साधारणसभा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित एक कार्यक्रम बीच सम्पन्न भएको छ ।

बिज्ञापन

सो अवसरमा संघकी अध्यक्ष श्रीमती कुँवरले संघलाई आउँदा दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बनाई उत्कृष्ट संस्थाको रूपमा विकास गर्न सबै सदस्यहरूले मन, वचन र कर्मले काम गर्नुपर्ने बताउनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरूको साझा चौतारीको रूपमा रहेको संघलाई आगामी दिनमा समयसापेक्ष, अझ सबल र सुदृढ बनाउँदै लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा सोही संघकी महासचिव श्रीमती अनुश्री पाख्रीनले संघबाट आर्थिक वर्ष २०८०।०८१ मा भएका कार्य प्रगति तथा वार्षिक गतिविधि विवरण तथा संघकी कोषाध्यक्ष श्रीमती कल्पना गिरीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आय-व्यय र आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय-व्ययको विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित संघका पदाधिकारीहरू तथा सदस्यहरू बीच संघको काम कारवाही, आगामी योजना तर्जुमा लगायत विविध विषयमा छलफल समेत भएको थियो । फोटो : नेपाल पुलिस