कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाको सोह्रौ बार्षिक साधारणसभा सम्पन्न

 

कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था चौरीदेउराली गाउँपालिका ३, माझीफेदाको १६ औं बार्षिक साधारणसभा जिल्ला सहकारी संस्था लि काभ्रेपलाञ्चोकका अध्यक्ष श्री दिलिप शर्माज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । २३०० भन्दा बढी शेयर सदस्यहरु रहेको उक्त साधारणसभामा अध्यक्ष लक्ष्मण गौतमको अध्यक्षतामा भएको हो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन, सचिव, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, तथा ऋण उप समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कूल १६ करोड भन्दा बढी कूल पूजी रहेको उक्त संस्थामा १० प्रतिशत जगेडा कोष रहेको छ ।

बिज्ञापन

ग्रामीण क्षैत्रमा रहेर समुदायमा आधारित यस्ता सहकारी स.स्थाले शेयर सदस्य तथा आम समुदायस्तरमा सकारात्मक प्रभाव पारिरहेका छन् । सहकारीका सुपथ मूल्य पसल सञ्चालन, कृषि तथा विभिन्न खालका रोजगारीहरुका बिषयहरुलाई प्राथमिकतामा राखि कार्य गरिरहेको यस्ता सहकारी संस्थाहरुबाट अन्य सहकारी संस्थाहरुले पनि केहि सिक्नुपर्ने देखिएको छ ।

कार्यक्रममा कोअपरेतिभ मेनेजर्स क्लव काभ्रेका अध्यक्ष मदन बस्नेत, नेशलन कोप सोलुसनका अध्यक्ष विवेकराज ठकुरी लगायतको बिशिष्ट अतिथीको रुपमा सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनीधिहरुको बाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्मालाई सहकारी अभियानमा योगदान गरेवापत सम्मान समेत संस्थाले गरेको थियो भने संस्थामा उत्कृष्ट कारोबार गर्ने विभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव माृहनप्रसाद ढुंगेलले गर्नुभएको थियो ।