काभ्रेपलान्चोक – भुम्लु गाँउपालिकामा पालिका स्तरीय अपांगता भएको नागरिकहरुको स्वास्थ्य परिक्षण परिचयपत्र बितरण कार्यक्रम सुरु भएको छ । उक्त घुम्ती शिविर मंगलबार बाट शुरु भएको हो ।

कार्तिक ३० गते मंगलबाट भुम्लु गाउँ पालिका वडा न १ सापिङ बाट अपागंता परिचय पत्र वितरण घुम्ती शिविर सन्चालन गरिएको हो । सापिङमा अपांगता भएका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्दै अपांग परिचयपत्र गाउँ पालिका अध्यक्ष गुमान ध्वज कुँवरले बितरण गर्नु भएको छ । सबै वडा हरुमा स्वास्थ्य परिक्षण परिचयपत्र बितरण घुम्ती शिविर संचालन गरिने गाउँ पालिका अध्यक्ष कुवरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..