काभ्रेपलान्चोक – दृढ सङ्कल्प र सोचका धनी रत्नकुश रंजित निडर, साहसी ब्यक्ति हुन् । सामान्य परिवारमा जन्मिएका उनी जिविकोपार्जन लागी व्यवसाय रोजे । अनेकौँ दुख हन्डर खाएर आफूलाई सफल व्यवसायीको रुपमा स्थापित गरे ।

रत्नकुश रंजित बनेपामा युवाका आइडल मात्रै हैनन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरको उम्मेदवारी दिएका रंजित आफैमा एउटा ब्रान्ड थिए तर चौतर्फी गठबन्ध र घेराबन्दी कारण उनले त्यो बेला हार बेहोर्नु पर्यो । समृद्ध बनेपाको सपनालाई पुरा गराउने एजेण्डा बोकेर मैदानमा उत्रिएका थिए ।

नेकपा एमालेले बनेपाका युवा व्यवसायी, समाजसेवी र शिक्षा क्षेत्रमा समेत सक्रिय व्यक्तित्व रत्नकुश रंजितलाई उम्मेदवार बनाएपछि कहिल्यै हार्न नजानेका रंजितकार जितको मुखमा थिए । उम्मेदवार दर्ता गरे सँगै मतदाताको घर दैलो अभियानमा पुगेका उनलाई सबै उमेर समूहका मतदाताले निक्कै रुचाएका थिए । धेरैले भनेका पनि थिए अरूलाई सहयोग गर्ने समाजसेवी रजितले भ्रष्ट्राचार गर्दैन । सबैलाई समान व्यवहार गर्ने छन् ।

सबैसँग मिलनसार बनेपाको समृद्धिको सपना उनीबाट मात्रै सम्भव भएको स्थानीयको बुझाई अहिले वास्तविकता भएको बताउछन् । अहिले केही नाम चलेका नेपाली कांग्रेसका युवा नेताहरु पनि बनेपा यस्तो हुन्छ भनेर हामी सोचेका पनि थियनौ भनेर भनिरहेका छन् । के बनेपा नगरपालिकामा साच्चिकै केही काम नभएको हो त ? पछिल्लो समयको गतिविधि लाई हेर्ने हो भने खासै केही काम नभएको स्थानीय जानकारहरु बताउदै आएका छन् ।

बनेपा नगरपालिकाले एक्सन कटमा काम गर्न नसक्दा आज केही काम नभएको नेपाली कांग्रेसका नेताहरु नै बताउने गरेका छन् । नेपाली कांग्रेसको घोषणापत्र अनुसार काम भयो त ? सबै बनेपाली जनताले जान्नै बुझनै पर्ने बिषय हो । उम्मेदवारी दर्ता गरे सँगै घर दैलो अभियान कार्यक्रममा बोल्दै उहाँले बनेपाली जनतालाई खानेपानी दुई महिना भित्र खुवाउने दावी गर्नु भएको थियो भने अब बनेपा पुल बजारमा कहिले ढुवान हुदैन भनेको दुई चार दिन पछाडी ढुवान भएको भिडियो नै समाजिक संजालमा भाइरल भएको थियो । बनेपा नगर प्रमुखसँग अनुभव, भिजन र कार्यदक्षता केही पनि नभएको भन्दै जनताहरु गुनासो पोख्न थालेका छन् ।

बनेपा बजार व्यवस्थित गर्ने नाउँमा ती निम्न आयस्तर भएका मानिसहरुले खरी खाने ठाउँ बाट नै हटाइयो । गास बास नै उठाइयो । ठेला गाडामा व्यापार गरेर खानेहरु लाई लखेटिलखेटी अझैसम्म पनि दुख दिने गरिन्छ तर ती बनेपा बजारमामा अव्यवस्थित रुपमा भाडाको लागि भनेर राखिएका गाडी अझै सम्म हटाउने आँट गरेको छैन बनेपा नगरपालिकाले । के बनेपा नगरपालिकामा धनी हुने खाने बर्गले जे गरे पनि हुने हो ? के नियम कानुन गरिब लाई मात्रै हो ? ती अव्यवस्थित पार्किङ कहिले सम्म ? अस्तव्यस्त बनेपा कहिले सम्म ? जनताहरुले धेरै प्रश्न गर्न थाली सकेका छन् । उनिहरु भन्छन् बिकासको काममा अब पाँच वर्ष पछाडी धकेलियो बनेपा ।

यदि नेकपा एमालेको उम्मेदवार रत्न कुश रंजितले जितेको भए के के हुन्थ्यो त परिवर्तन ? रत्नकुश रंजितले निर्वाचन अगाडि बोलेका कुरा ल्याउने भनिएका परिवर्तन हेर्नुस् …..

नागरिकहरुलाई विभिन्न विद्या मार्फत सम्पन्न बनाउने हाम्रो अभियान सफल हुने । बनेपा नगरमा रहेका सामुदायिक विद्यालयहरुमा आवाश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण गर्दै प्रत्येक विद्यालयमा छात्र छात्राको लागि छुट्टै शौचालय, खानेपानिको ब्यवस्था, बालमैत्री कक्षा कोठा, बालमैत्री खेलमैदान, एक विद्यालय एक बाल उद्यानको, ब्यवस्था गरिने छ । प्रत्येक विद्यालयमा रहेका बाल विकास केन्द्रहरुको स्तर उन्नती गरी बाल विकास केन्द्रका सहयोगी कार्याकर्ताहरुलाई उचित पारिश्रमिक र तालिमको ब्यवस्था गरिने छ । सामुदायिक विद्यालयमा पर्याप्त शिक्षकको ब्यवस्थापन, शैक्षिक सामग्री, पुस्तकालय, शिक्षकलाई तालिम जस्ता कार्यमा जोड दिई सामुदायिक विद्यालयको गुणस्तरमा बृद्धी गर्दै, अभिभावकहरुको सामुदायिक विद्यालयमा आकर्षण बढाउने कार्य गरिने छ ।

नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रमलाई प्रत्येक घरमा पुर्याउने साथै आर्थिक अवस्था अति कमजोर भएका, अशक्त अपाङ्ग्ता भएका ब्यक्तिहरुको निशुल्क स्वास्थ्य बिमा गरिदिने निति अवलम्बन गरिने छ । १४ वटा वडामा रहेका स्वास्थ्य चौकिमा आवाश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण, शौचालय र खानेपानिको ब्यवस्था, कर्मचारिको व्यवस्थापन, औषधि र सामग्रीहरुको ब्यवस्था गरी स्वास्थ्य चौकिले दिने सेवाको गुणस्तर वृद्धि गर्दै उक्त स्वास्थ्य चौकीमा प्रशुती कक्ष, खोपकेन्द्र, आधुनिक उपकरण सहितको प्रयोगशाला समेतको ब्यवस्था गरिने छ । बनेपा नगर भित्रका विपन्न, दलित, जेष्ठ नागरिक, अशक्त, अपाङ्ग्ता भएका ब्यक्ति, दृघरोगी र एकल महिलालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिने छ । नगर भित्रका गर्भवती, सुत्केरी महिला, जेष्ठ नागरिक, अपाङ्ग्ता भएका ब्यक्ति, आर्थिक अवस्था कमजोर भएका र दृघ रोगीहरुलाई निशुल्क एम्वुलेन्स सेवा प्रदान गरिने छ । उपत्यका एकिकृत खानेपानिको बाँकी कामलाई यथासिघ्र सम्पन्न गरी पानी बितरण गर्ने कामको ब्यवस्था मिलाईने छ । एकघर एक धारा र एक घर एक शौचालयको अवधारणालाई मूर्तरूप दिईने छ । बनेपा नगरपालिकाको वाड नं १३ र १४ मा सुरु भएको बृहत खानेपानी योजनाको कामलाई १ वर्ष भित्रमा सम्पन्न गरिने छ ।

निर्वाहमुखी कृषिलाई ब्यवसाहिक बनाउनको लागि कृषिमा अनुदान, सहुल्यत कर्जा, मल र विउ विजनको सहज उपलब्धता जस्ता कार्यक्रम ल्याई युवाहरुलाई ब्यवसायिक कृर्षिमा प्रोत्साहन गरी रोजगारको सिर्जना गरिने छ । कृषकलाई अवाश्यक कृषि सामग्री, मल विउविजन सरल मुल्यमा खरिद गर्ने र कृषकले उत्पादन गरेका वस्तुहरुको उचित मुल्य सहित बिक्री गर्न सहज हुनेगरी कृर्षी सहकारीहरुको साझेदारिमा नगरपालिका द्धारा नाला, सागाँ र बनेपाको बुडोलमा कृषि सामग्री संकलन तथा वितरण केन्द्र निर्माण तथा सञ्चालन गरिने छ । नगर भित्र रहेका ऐतिहासिक मन्दिरहरु चण्डेश्वरी, धनेश्वरी, उग्रेश्वर, नासिका, विकटेश्वर, नाला भगवती, करुणामाई, महेन्द्रज्योती, कालीदेवि चामुण्डादेवी, बुडोलको गोसाई कुण्ड, सपनेश्वर श्वयत बारा, मनकामना, उग्रेश्वर, जलेश्वर महादेव, आशापुरी, बाल्मिकेश्वर, महादेव, ढकाल गणेश, विकटेश्वर मन्दिर सारदादेवी मन्दिर, नाला टुकुचा गणेश मन्दिर, टुकुचा अमल्डोल मन्दिर, ईन्द्रशोभा मन्दिर लगायत चैते गुम्वा मन्दिर मस्जित, चर्च लगायतका धार्मिक स्थलहरुको आवाश्यकता अनुसार थप भौतिक सुधार गरी धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नेछौं । आशापुरी देखि धनेश्वर, चण्डेश्वरी, टंनचोक, वासुकी, नाला भगवति, कर्णमाई, बिकटेश्वर हुँदै साँगा महादेव जोड्ने धार्मिक पर्यटकीय मार्गको निमार्ण गरिने छ ।

बनेपाको लायकुमा सुविधा सम्पन्न नेवारी कला र साँस्कृति झल्कने संग्रालय स्थापना गरी ऐतिहासिक र सांस्कृतिक वस्तुको प्रर्दशनि तथा संरक्षण गरिने छ । बनेपा ९ मा रहेको २५ रोपनि जग्गामा अन्तराष्ट्रिय कलाकेन्द्र निमार्ण योजनालाई निरन्तरता दिई यथासिघ्र सम्पन्न गरिने छ । बनेपा वसपार्क रहेको स्थानमा अत्याधुनिक र सुविधासम्पन्न भवनको निर्माण गरी उक्त भवनको भुईतलामा र्पार्किङ अन्य तलाहरुमा फुटपाथमा रहेका पसल हरुको व्यवस्थापन, प्रशासनिक कार्यालय तथा अन्य प्रयोजनको लागि प्रयोगमा ल्याईने छ । नगरका १४ वडा जोड्ने चक्रपथको निर्माण गरिने छ । प्रत्येक वडालाई जोड्ने मुख्य सडकलाई पिच गर्ने र अन्य शाखा सडकहरुको स्तरनोती गरी सडक पेटीको निर्माण गर्दै लगिने छ । बनेपा नगरपालिका क्षेत्रभित्रका सार्वजनिक जग्गाको खोजि गर्ने र भौगोलिक अवस्था अनुसारको क्षेत्र निर्धारण जसमध्ये, बन क्षेत्र, आवास क्षेत्र, औद्योगिक क्षेत्र, ब्यापारिक क्षेत्र आदि निर्धारण गरी ब्यवस्थित सहरको अवधारण ल्याउने छ ।

उपयुक्त स्थानको छनोैट गरी औधोगिक क्षेत्रको स्थापना गरिने छ । फुटपाथका पसल तथा पार्किङलाई उचित व्यवस्थापन गरिने छ । ठुला ब्यपार ब्यवसाय गर्न मिल्ने पुर्वाधारहरुको विकास गरिने छ । बनेपा नगरभित्र रहेका सेवामुलक तथा अन्य ब्यवसायलाई सुचिकृत गरी अभिलेख राखिने छ । नगरभित्र रहेका सेवामुलक तथा अन्य ब्यवसायलाई सामाजिक कार्य गर्न प्रोत्साहन गर्ने निति अवलम्बन गर्दै लगिने छ । नगर भित्र रहेका निजी उद्योग तथा ब्यवसायहरुमा आवाश्यक कर्मचारिहरु नियूक्ती गर्दा नगर भित्रका नागरिक हरुलाई प्राथमिकता दिन पहल गरिने छ । नगर भित्र उद्योग सञ्चालन गर्नको लागि निजीक्षेत्र संग समन्वय र सहकार्य गरी उक्त उद्योगहरुमा रोजगारीको सृजना गरिने छ ।

उद्योग तथा ब्यवसाय सञ्चालन गर्न चाहाने युवाहरुलाई नगरक्षेत्र भित्र रहेका वित्तिय संस्था संग समन्वय गरी सहज र सहुलियत कर्जाको ब्यवस्था गरिने छ । कृषि तथा पर्यटनलाई प्राथामिकतामा राखी रोजगारीको सृजना गरिने छ । बालमैत्री वडा घोषणा हुन बाँकी वडाहरुलाई यथासिघ्र आवाश्यक कार्य सम्पन्न गरी बालमैत्री वडा घोषणा गर्दै १ वर्ष भित्र बालमैत्री नगरपालिका घोषणा गरिने छ । एक वडा एक बाल उद्ययनको अवधारण अगाडि सारी प्रत्येक वडामा चिल्ड्रेन पार्क सहितको बाल उद्ययनको निर्माण गरिने छ । सबै विद्यालय र समुदायमा बाल समुह निर्माण गरी बालबालिकाको सवालमा बालबालिकाकै सहभागितालाई प्रोत्साहन गरिने छ । नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकसित गरिने छ । नगरपालिका भरीको डिजिटल जियोडेटाबेस निर्माण गरि हरेक कार्ययोजनाको निर्माण गर्दा डिजिटल जियोडेटा बेसको प्रयोग गरिनेछ । नगरपालिका भरिका सम्पूर्ण प्रसासनिक कृयाकलापहरुलाई डिजिटल माध्यम बाट गरिनेछ ।

रोजगारिमुलक उद्योगलाई शुरुका ३ वर्ष कर छुटको ब्यवस्था गरिने छ । साना तथा घरेलु उद्योग, स्थानिय कच्चापदार्थमा आधारित साना उद्योग, काष्ठकला, हस्तकला, कृषि उद्योगलाई बिना शुल्क दर्ता एवं आएकरमा ७५ प्रतिशत छुटको ब्यवस्था गरिने छ । निर्माण ब्यवसाय, निजि यातायात सेवा, रिक्सा लगाएतका अनौपचारिक सेवा क्षेत्रलाई परिधि भित्र रही ब्यवस्थित गर्नेछौं ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly