काभ्रे, जिल्ला सहकारी संघ लि. काभ्रेले आफूले निर्माण गरेको नयाँ सुविधा सम्पन्न भवनमा जिल्लास्तरीय तरकारी तथा फलफुल बजार सञ्चालन गर्न जिल्ला भित्र सञ्चालनमा रहेका बहुउद्देश्यीय, कृषि, तरकारी, फलफुल सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको भेला गराई आज पौष ८ गते अन्र्तक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ ।
बनेपाको उग्रचण्डि होटलमा सञ्चालन गरेको उक्त कार्यक्रम संघका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको हो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विनोद पराजुली, कृषि संघका अध्यक्ष सुमन नेपाल, बहुउद्देश्यीय संघका उपाध्यक्ष कृण्णभक्त थापा, बजार बिज्ञ तिलसी प्रसाद गौतम, पुष्पराज जोशीको आतिथ्यतामा भएको हो । कार्यक्रममा जिल्ला सहकारी संघ लि. का अध्यक्षले कार्यक्रमको औचित्य तथा उद्देश्य माथि प्रकाश पार्दै जिल्ला सहकारी संघ लि.ले जिल्ला तरकारी बजार सञ्चालनका लागि थालेको प्रयास र योजनाहरुका बारेमा जानकारी गराउदै जिल्लामा उपलब्ध भएका सबै प्रकृतीका सहकारी संस्थाहरु र जिल्ला सहकारी संघ लि. सँगै मिलेर काम गर्न के कसरी कार्य गर्न सकिन्छ भन्ने सुझाव माग गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले किसानहरुसँगका समस्याहरुका बारेमा समेत विभिन्न बिषयहरुमा छलफल भएको छ ।
पहिलो चरणमा भएको यस्तो खालका पहिलो कार्यक्रम जिल्लामा नै पहिलो र नौलो र उत्पादन र बजारीकरणसँग सम्वन्धित भएको कार्यक्रममा उपस्थित सहभागिहरुले धारणा राखेका थिए । जिल्ला तरकारी बजार सञ्चालनका लागि सहकारी संस्थाहरुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत कार्यक्रममा सहभागिहरुले गरेका छन् । ४२ जना विभिन्न सहकारी संस्थाका ब्यक्तित्वहरुको उपस्थिती रहेको उक्त कार्यक्रम निकै उपलब्धिमूलक भएको निष्कर्ष रहेको सहभागिहरुले बताएका छन् । हामी हाम्रा उत्पादन र बजार र बजारिकरणका बिषय र सहकारी क्षेत्रले गर्नुपर्ने बिषय जिल्लामा आवश्यक कुशल व्यवस्थापन, सम्पर्क समन्वय गर्दै गुणस्तरीय तरकारी उत्पादन, प्यकेजिंग र गे्रडिंग सहित सरल मूल्यमा आम उपभोक्तहरु माझ पुर्याउने कार्यमा सबै सहकारी लाग्नुपर्ने र सहयोग गर्नुपर्ने धारणा सहकारी संघका अध्यक्ष शर्माले राख्नुभएको थियो । संघले जिल्ला तरकारी तथा फलफुल बजार अबको दुई महिनामा नै सञ्चालन गर्ने लक्ष्य सहित कार्यक्रम धन्यवाद सहित समापन गरिएको हो । सहकारी संस्थाहरुले उत्पादन र बजारीकरणमा केहि पनि गरेनन भन्नेहरुका लागि यो भभ्यास सफल भएमा सहकारी क्षेत्रमा राम्रो कामको थालनी हुने कार्यक्रममा सहभागिहरुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..