बनेपामा प्याब्सनको दोस्रो नगर परिषद् : वार्षिक समीक्षा र भावी योजना प्रस्तुत

बनेपा/बनेपा नगर परिषदको दस्रो नगर परिषद २०८२ सम्पन्न भएको छ । कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष रविन शर्माको विषेश आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्याबसनले वार्षिक रुपमा आयोजना गरेका कार्यक्रमहरुको समिक्षा तथा भावि कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमका सभापति तथा बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले प्याब्सनले वर्ष भरिभा विभन्नि अतिरिक्त कार्यक्रमको आयोजना गरिएको बताए ।
नगरका सदस्य विद्यालयका शिक्षकहरुको क्षमता अभिृद्धि, विद्यार्थीहरुको प्रतिभा प्रर्दशन लगाएतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको विष्टले बताए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष लिलाधर पौड्लले राखेका थिए भने शुभकामना मन्तब्य प्याब्सनका केन्द्रिय उप महासचिब भिमसेन केसी, सचिबलय सदस्य हिरा शर्मा नेपाल, जिल्ला अध्यक्ष श्याम भुजेलले लगाएतले राखेका थिए ।

बिज्ञापन

कार्यक्रममा केन्द्रिय परिषदका सदस्य रवि बैध, पुर्व केन्द्रिय सदस्यद्धय पुर्ण कुमार श्रेष्ठ, सत्यनारायण श्रेष्ठ, केन्द्रिय सदस्य डा. राममणी सापकोटा, प्याब्सनका जिल्लाका पद्यादिकारीहरु, प्याब्सन धुलिखेल नगर, पनौती, पाँचखाल नगरका अध्यक्ष, विभिन्न प्रकाशन प्रालिका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।