काभ्रेपलान्चोक – नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अन्तर्गत काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ३ र १० मा शु्क्रबार वडास्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले मिसन ग्रासरुट अन्तर्गत विभिन्न गतिविधिहरु संचालन गर्न योजनाहरु बनाएको छ ।

मण्डनदेउपुर नगरपालिका वडा नं.३ मा बागमती प्रदेश कमिटी सदस्य ऋषिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । वडा कमिटी अध्यक्ष भोला बजगाईको अध्यक्षता, युवा नेता झलक तामाङको स्वागत र इश्वरी तामाङको संचालनमा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु रुद्र बहादुर तामाङ र बिमला आचार्य जिल्ला कमिटी सचिवालय सदस्य बिदुर प्रसाद सापकोटा, जिल्ला सदस्य नवराज बजगाई, नगर कमिटी अध्यक्ष शेर बहादुर डोटेल लगायतको आतिथ्यता रहेको थियो ।

त्यसैगरी मण्डनदेउपुर नगरपालिका वडा नं.१० मा केन्द्रिय सदस्य उषा किरण तिम्सेनाको प्रमुख आतिथ्यता रहेको थियो । वडा कमिटी अध्यक्ष रामचन्द्र नेपालको अध्यक्षता, वडा कमिटी सदस्य उद्धब प्रसाद नेपालको स्वागत र सचिव दिपक नेपालको संचालनमा भएको कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य बिदुर प्रसाद सापकोटा र हरि खतिवडा जिल्ला सदस्यहरु शुभद्रा नेपाल र नवराज बजगाई जिल्ला सल्लाहकार सदस्यहरु हरिप्रसाद नेपाल र गणेश नेपाल नगर कमिटी अध्यक्ष शेर बहादुर डोटेल, नगर कमिटी सह- सचिव सुमन नेपाल लगायतको आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..