काभ्रेपलान्चोक – वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको बनेपा नगरपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै हिजो बाट बनेपामा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको हो ।
हिजो बनेपा नगरपालिकाको वडा नं १ मा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको थियो भने आज बनेपा नगरपालिका वडा नं. १४ मा घर दैलो अभियान गरेको छ । चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिन बनेपा नगरपालिकाका प्रमुखका उम्मेदवार रत्नकुश रंजितकार, उप–प्रमुखका उम्मेदवार बिमला सापकोटा दाहाल, वडा अध्यक्ष/वडा सदस्यका उम्मेदवार लगायत दलका प्रतिनिधिहरु जनताको घर घर पुगेका थिए । उम्मेदवारहरु लाई स्थानीयले एमाले ले स्थानीय तहमा धेरै बिकास गरेको हुनाले भोट सुर्यमा नै हाल्ने बताएका छन् । उनीहरु एमालेको सरकारले हामी दुखमा हुँदा घर नै बनाइदिने देखि लिएर खानेपानीको सुबिधा गरेकोमा खुशी व्यक्त गर्दै भोट हाल्ने बताएका हुन ।