बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ८ मा बागमती टिपर व्यवसायी संघको कार्यालय भवन शिलान्यास गरिएको छ । बागमती टिपर व्यवसायी संघका काभ्रे जिल्ला अध्यक्ष सुरेश खत्रीले कार्यालय भवनको आज एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो। 

कार्यालय भवनको शिलान्यास गरेसँगै निर्माणकार्य अगाडि बढाएको छ । बुधबार संघको अध्यक्ष खत्रीले कार्यालय भवन शिलान्यास गरेसँगै भवन निर्माण शुरु भएको हो । भवन शिलान्यास गर्दै बागमती टिपर व्यवसायी संघ काभ्रेका अध्यक्ष सुरेश खत्रीले एक वर्ष भित्र तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न बताउनु भएको छ । 

पाँच आना जग्गामा भवन निर्माण हुने छ भने साढे तीन तले भवन निर्माण गर्न एक करोड पचास लाख खर्च लाग्ने बताइएको छ । एकै प्रकारको डिजाइनका सुविधा सम्पन्न कार्यालय भवन निर्माणको योजना रहेकोे अध्यक्ष खत्रीले बताउनु भयो । उक्त भवन शिलान्यास कार्यक्रममा बागमती टिपर व्यवसायी संघका काभ्रे जिल्ला पुर्व जिल्ला अध्यक्ष प्रेम लामा, सुर कृष्ण वैध कार्यालय प्रमुख प्रकाश कायस्थ लगायत अन्य पदाधिकारीको उपस्थितिमा शिलान्यास गरिएको थियो । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..