
धुलिखेल — धुलिखेल नगरपालिका–१०को पहलमा आर्शु स्मृति प्रतिष्ठानको समन्वयमा स्व. आमा सुनमाया लामाको स्मृतिमा सहाराविहीन शिव सुबेदीलाई ओढ्ने–ओछ्याउने सामग्री, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री प्रदान गरिएको छ।

आमा सुनमाया लामाको एकादशीको दिन २८ वर्षअघि गाडी दुर्घटनामा निधन भएको थियो। सोही दिनको सम्झनामा देबी लामा र बेलि लामाले पछिल्लो केही वर्षदेखि सामाजिक सेवामा सक्रिय हुँदै विपन्न तथा असहाय व्यक्तिहरूलाई निरन्तर सहयोग गर्दै आएका छन्।
बिज्ञापन

सहयोग हस्तान्तरण कार्यक्रममा धुलिखेल नगरपालिका–१० का वडा अध्यक्ष गोबिन्द प्रसाद उपाध्याय, सामाजिक अभियन्ता तथा समाजसेवी राजन अधिकारी, समाजसेवीहरु रुपेश काफ्ले, केपी अधिकारीलगायतको उपस्थिति रहेको थियो।





