शिवन पोखरेलको अध्यक्षतामा विश्व हिन्दु युवा कलाकार संघ गठन

काठमाडौं,
पुस १३ ।

विश्व हिन्दु युवा कलाकार संघ-नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको कार्य समिति गठन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कलाकार तथा निर्देशक शिवन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार एवं चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का प्रमुख अतिथि रहनुभएको थियो। साथै विश्व हिन्दु युवा संघ-राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ऋषीकेशजंग शाहको विशेष आतिथ्यता थियो ।

बिज्ञापन

उक्त अवसरमा शिवन पोखरेलको अध्यक्षतामा विश्व हिन्दु युवा कलाकार संघ-नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको नयाँ कार्य समिति गठन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा गोपाल ढकाल (छन्दे), महिला उपाध्यक्षमा पुजन काफ्ले, महासचिवमा पवन केसी, सचिवमा पवित्रा आचार्य चयन हुनुभएको छ । सह-कोषाध्यक्षमा पुष्कर धनुके, प्रवक्तामा देबेन्द्र शाही तथा प्रेस संयोजकमा पत्रकार प्रकाश बराइली ‘अभिव्यक्ति’ चयन हुनुभएको छ । कोषाध्यक्ष पद आगामी बैठकबाट मनोनयन गर्ने जनाइएको छ ।

त्यसैगरी सदस्यहरूमा शितल केसी, सरिता राजोपाध्याय, केशव अधिकारी, श्रीथपलिया, दर्पण जिसी, दिनेश डाँगी, राजकुमार शाह, बबी रोजा ढकाल (बबिता), सुरज अधिकारी (सुर रक्स), राजु थापा, रामकृष्ण श्रेष्ठ र रबिना कार्की रहनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिले छिट्टै बैठकबसी बाँकी पद तथा विभागहरूलाई पूर्णता दिने र सल्लाहकार समिति पनि पहिलो बैठकबाट चयन गर्ने अध्यक्ष शिवन पोखरेलले जानकारी दिनुभयो । उहाँले हिन्दु धर्ममा आस्था राख्ने तथा यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सक्रिय कलाकारहरूलाई समेटेर समिति गठन गरिएको बताउनुभयो ।

अध्यक्ष पोखरेलका अनुसार पूर्वीय दर्शन, शिक्षा, योग, ध्यान, कला र संस्कृतिलाई प्राथमिकता दिँदै आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय समिति पनि गठन गरिनेछ । साथै निकट भविष्यमा पत्रकार सम्मेलन आयोजना गरी बृहत् सांस्कृतिक कार्यक्रमको घोषणा गरिने उहाँले बताउनुभयो