सीता आचार्य ✍️
काभ्रे/ फाल्गुन २ गते ( 14 फेब्रुअरी)प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे गहिरो माया प्रेममा बाधीएका जोडीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण दिन मानिन्छ । मायालुहरुले आफूसंग मन मिल्ने जोडी खोज्दै गरेका तथा मनमा गुम्सीएर बसेका मायाका भावनाहरु प्रकट गर्ने मनसाय बनाइ बसेकाहरुको लागि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण दिन हो। विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस बिश्वभर मनाइन्छ।प्रणय दिबस (भ्यालेन्टाइन डे )आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम अक्सीजन जतिकै हो । यो एकदमै अनियंत्रित हुन्छ । कसैलाई यति र उति माया गर्छु भन्न कुनै सीमितता छैन्। यो त एउटा बाँच्ने आधारशिला हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला।यो दिन भएका जोडी पनि संगै दिन बिताउन चाहन्छन् ता कि आफुले रोजेको र भावना मिलेको मायालु सधै भरी एक अर्कामा समर्पित भइ जुनि जुनिका लागि अमर कहानी बनाउन चाहन्छन्।यदि सोही दिन मायालु जोडीको भेट नभए लामो समय सम्म चलेको प्रेम कहानी अन्त्य भयो भन्ने अर्थ बुझाउछ।माया गर्छु भन्न जति सजिलो हुन्छ त्यो भन्दा गार्हो यसलाई सम्हाल्न हुने गर्दछ।बिश्वास कति हद सम्म गर्ने र कहिले सम्म गर्ने यसको कुनै सिमा हुदैन।यो प्रणय दिवसको पाँचौ दिन मतलब ११ तारिखमा प्रमिस डे पर्दछ । यस दिन प्रेमी जोडी एक-अर्कासंग जिन्दगी भरको लागि विशेष कसम खाने गर्दछन् ।त्यसै छैठौं दिन (हग डे)१२ फेब्रुअरीको दिन ‘हग डे’ मनाइन्छ । एक आपसमा अंकमाल गरेर प्रेम व्यक्त गर्ने दिन हो। उक्त दिनको विशेषता भनेको अंकमालको बहानामा आफ्नो पार्टनरले कति माया गर्छ र उसको मनमा आफु प्रति कस्तो भावना छ भन्ने जान्नको लागि सजिलो हुन्छ।सातौं दिन (किस डे)शब्द बिना नै प्रेम व्यक्त गर्न मन छ भने यस दिन प्रेमले भरिएको एक चुम्बन पर्याप्त हुन्छ । सातौं दिन मतलब १३ फेब्रुअरी हरेक प्रेमीले जोडी एक अर्कालाई चुम्बन गर्दै आफ्नो प्रेम व्यक्त गर्न सक्छन् ।अन्तिम दिन (भ्यालेन्टाइन डे)सधै प्रेम जताए पनि त्यसको उत्सव एक दिन मनाउन निकै रमाइलो हुन्छ । भ्यालेन्टाइन डे त्यहि एक दिन हो ।जुन दिनमा चाहेर पनि व्यक्त गर्न असफल प्रेमिहरुका भावनाहरु व्यक्त हुने गर्दछन।कति,किन,कहिलेदेखि र अबका दिनहरुमा अमर प्रेम बनाउन के के योजना छन् खुलेर व्यक्त गरिन्छ साथै गुलावको फुल तथा आफ्नो क्षमता अनुसारको अमुल्य उपहार एक अर्कालाइ दिने गर्छन्।
भ्यालेन्टाइन डे को इतिहास जो कोहिलाइ थाहा नहोला।भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोम शहरबाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर सुरु भएको यस भ्यालेन्टाइन डेको इतिहास भ्यालेन्टाइन भन्ने सन्तको बलिदानसँग सम्बन्धित छ । रोमनको सम्राटले युवा प्रेम र बिबाहमा लागेर सैनिक सेवा प्रभावित हुन्छ भनेर प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइनले उनको आदेशलाई उल्लंघन गरेका थिए।सम्राटको आदेशको विपरीत लुकिछिपी उनले विबाह गर्न लागेका थिए । यो कुरा विस्तारै सम्राटको कानमा पनि पुग्यो । त्यसपश्चात भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । उनलाई मृत्युदण्डको आदेश दिइयो ।मृत्युदण्डको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा प्रेमपत्र लेखे । पत्रको अन्त्यमा उनले लेखे ‘फ्रम योर भ्यालेनटाइन’ यससँगै उनले फूल उपहार पनि पठाए । भ्यालेन्टाइनले आफू मर्नु अघि जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईको दृष्टिविहिन छोरीलाई दिनु ।’ रोमको राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरेका थिए।
प्रेमि-प्रेमिका जोडीहरुको यस्तो अत्यन्तै महत्त्वपूर्ण पलमा काभ्रेपलाञ्चोक जिल्लाका राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका कार्य समितिले इन्द्रेणी कार्यक्रमलाई दिन भरीको समय दिएका थिए।आफ्नो जिबनको अन्त्य सम्म साथ दिने इन्द्रेणी कार्यक्रम झै गरि अत्यन्तै ठुलो माया देखाए।प्रेम दिवसको दिन जुन माया प्रकट गरे त्यो अतुलनीय थियो।काभ्रेका लोकदोहोरी टिम हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’स्टुडियो बानेश्वरको बिजुलिबजार पुगेर स्वर्गीय आनन्दको अनुभुती गरेका थिए। लोक तथा दोहोरी गीतका पारखीहरुका चर्चित कार्यक्रम मानिएको इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेल हुन।उक्त इन्द्रेणी कार्यक्रम बिगत १० बर्ष सम्म एबिसी टेलिभिजनबाट प्रसारण भयो भने २०७७ साल मंसिरबाट हरेक साँझ ६ बजेदेखि लोकगितमा रुचि राख्ने दर्शकहरुले हिमालय टीभीबाट हेर्ने गरेका छन् । कोरोना महामारीका कारण केही समयका लागि रोकिएको कार्यक्रम पुनः संचालनमा आएको छ।आर्थिक रुपमा सम्पन्न जसलाइ टेलिभिजनको पर्दा र युटुवमा देखा पर्ने चाहना पूरा गर्नको निमित्त केही रकम इन्द्रेणिमा दिने गरेका छन्।
जिवन जिउनुको अर्थ नै लोकदोहोरी गाउनु हो भन्ने पनि भेटिए। कंडेलले संचालन गर्दै आइरहेको यस कार्यक्रममा लोकगीत संगीतका पारखी मात्रै होइनन् दिन-दुखी समस्यामा परेका मानवहरुको पनि लोकप्रिय बनेको छ।कहिले काहीँ आर्थिक सहयोग गर्ने गरेको देखिन्छ।मनकारी दर्शकले आर्थिक सहयोग के कति गरे सार्बजनिक नगरेपनी इन्द्रेणी कार्यक्रमले भने समस्यामा परेका पीडितहरुलाइ दिने गरेको आर्थिक सहयोग सार्बजनिक गर्ने गरेका छन्।कंडेल उक्त कार्यक्रम संचालन गर्नु अगाडी देशको राष्ट सेवक नेपाल आर्मीमा सेवा गरेका थिए।
कंडेलले संचालन गरेको कार्यक्रमले नै आज देस बिदेशमा रहेका मानिसहरुले माया गर्न थालेका छन्।त्यसै गरि काभ्रे लोक तथा दोहोरीगित प्रतिस्ठानका अध्यक्ष केदार न्यौपानेको अथक प्रयासमा जिल्ला कार्यसमितिको सम्पुर्ण टिमले इन्द्रेणी स्टुडियोमा आफ्नो प्रतिभा प्रस्तुत गर्नुका साथै कंडेलको जन्मदिन समेत मनाउने अबसर प्राप्त गरेका थिए।यस्तो महत्त्वपूर्ण दिनमा काम नपाएझै बिरक्त लागेर, बेरोजगार भएर र जोडि खोज्न हिडेका होइनन्।इन्द्रेणी कार्यक्रमका संचालकको जन्मदिन मनाउन र उक्त लोकप्रीय कार्यक्रम इन्द्रेणीलाई अत्यन्तै माया गरेर त्यहा पुगेका थिए।साथै आफ्नो प्रतिभा बिश्वभर छरिएर रहेका नेपाली माझ पस्किने अभिप्रायले विशेष दिनको पुरै समय खर्चेका थिए।पैसा कमाउने चाह पनि थिएन।चाह त केवल प्रतिभालाई सार्बजनिक गरि लोकदोहोरीलाई जिबन्त राखी आत्म सन्तुष्टि प्राप्त गर्नु थियो।यो भन्दा ठुलो उपलब्धि के हुन सक्ला र?
उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष युवराज चौलागाई,प्रथम उपाध्यक्ष शरण हुमागाई,उपाध्यक्ष संगीता अधिकारी,सचिव याङ्क प्रसाद घिमिरे,कोषाध्यक्ष रमेश थापा,सह-कोषाध्यक्ष शिव प्रसाद तिमल्सिना र सदस्यहरुमा सावित्री श्रेष्ठ,अशोक दाहाल/प्रत्यक्ष दाहाल,रमा मिश्र,अनिता गिरी,अञ्जली मिश्र,सीता आचार्य,सिर्जना श्रेष्ठ,चर्चित बाईबा,सबिना तिमल्सिना, सिताराम चौलागाईं,आइसा गौतम,निशा घिमिरे,धुर्ब प्रसाद घोरासाइनी र संचारकर्मी तपाईं हाम्रो साप्ताहिक तथा तपाईं हाम्रो अनलाइनका प्रकाशक रोहित श्रेष्ठको उपस्थिति रहेको थियो।उक्त लोक दोहोरी गायन तथा जन्मदिनको सुभकामना कार्यक्रममा सिन्धुपाल्चोकका सुर्यमनी आचार्यको गित पानी खाने ऐ है काली नामक गितको बोलमा दोहोरी प्रस्तुत गरेका थिए।
जिल्ला अध्यक्ष न्यौपानेका अनुसार आफूले जिल्ला लोक दोहोरीको नेतृत्व सम्हालीरहदा जिल्लाका कुना-काप्चामा ओझेल परेका गायन कलाका बहुप्रनिभावान कलाकारहरु लाई अगाडि बढाउन प्राेत्साहन र हौसला दिनु भएको छ। लाेकदाेहोरी गित प्रतिष्ठानले काभ्रे जिल्लाका सिमानामा स्वागत बोर्ड राखेको छ।जिल्ला संगठनको नाममा दोहोरी गाउने भन्दै कलाकारहरुलाइ एकान्तमा बोलाइ चरीत्र माथि जबर्जस्ती अथवा ललाइफकाइ गलत कृयाकलाप गरेको पाइएमा तुरुन्तै कामकारबाही गरि कानुनी कठ्घरामा उभ्याइने छ।साथै जिल्ला समितीलाई बदनाम गराउने खालका गतिविधिको सुस्म अध्ययन गरि तत्काल कारबाही तथा सदस्यता खारेज गर्ने बताउनु भयो।
हिजो आज लोक दोहोरीको नाउमा महिलाहरुलाई कलाकार बनाइदिने र स्टेजमा प्रमुख भुमिकामा राखिदिने लगाएतका प्रलोभनमा पारी चिसो-तातो पिउने पदार्थमा नसालु दवाइ मिलाइ इज्जत लुटि भिडियो बनाइ पटक पटक यौन सोसन गरेको समाचार सुनिरहदा त्यस्ता क्रियाकलापको मनसाय बोकेका कलाकारहरुको सहि पहिचान गरि कानुनी दायरामा ल्याइने कुरा बताउनु भयो।त्यसै गरि कलाकारहरुका बिग्रेका घरबार मिलाइदिने,जोडी खोज्ने थलो होइन।त्यसैले लोकदोहोरीलाई स्वाभिमानका साथ बाच्न सक्ने र परिवार पाल्न सक्ने प्रतीष्ठान बनाउन अन्तिम पलसम्म पनि संघर्ष गर्ने जानकारी दिनु भयो।समाज,परिबारसँग बसेर हेर्न र सुन्न मिल्ने खालका लोकदाेहाेरि गाउन,क्षणिक भाइरलका लागि मात्रै नभइ सदबहार गायन पेशा अगाल्न,दाेहाेरिका नाममा छाडा गित गायर भाइरल नहुन र गायन क्षेत्रमा सास्त्रिय संगितमा प्रोत्साहन दिने योजना रहेको छ।जिल्लाका सम्पूर्ण पालिकाहरुमा याबत तरिकाले योग्य र क्षमतावान गायन कलाका धनिहरुको समिति निर्माण गर्दै जाने जानकारी जिल्ला अध्यक्ष न्यौपानेले बताउनु भयो।कलाकारका विषयमा राज्यले गम्भीरतापुर्वक वास्तविक कलाकारितामा लागेका प्रतीष्ठानको सम्मान गरि बाच्न सक्ने गरि पारीश्रम तथा बजेट बिनियोजन गर्ने बाताबरण निर्माण गर्न जोड दिनु पर्दछ।लोक दोहोरी गितलाई भाबी पुस्तासम्म पुग्ने गरि जिबन्त राख्न राज्यले बेवास्ता गर्ने हो भने लोकदोहोरी लोप नहोला भन्न सकिँदैन।
काभ्रेली लोक दोहोरी कलाकार इन्द्रेणीमा
