काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आगामी चैत्र ४ गते हुनगईरहेको आसन्न निर्बाचनमा अभिनेत्री कबिता गेलालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन। उनले उपाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्ता गर्दै सम्पूर्ण कलाकारहरुलाइ सहयोग गर्न अपिल समेत गरेकी छिन। बिगत २ दशक देखि कलाकारिता क्षेत्रमा अहोरात्र योगदान पुर्याउदै आएकी सफल अभिनेत्री तथा कलाकार कबिता गेलाल(शर्मा) ले नयाँ कार्य समितिकोलागि उपाधक्ष्य पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।

विभिन्न चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो, व्यापारिक एड देखि विभिन्न कार्यक्रमहरुमा समेत अभिनय गरेर चर्चा कमाइसकेकि तथा नेपाल चलचित्र कलाकार संघमा बिगतका कार्यसमितिमा कार्यकारी सदस्यको रुपमा रहेर कलाकारहरुको हक हितमा काम गर्दै सक्रिय भूमिका निर्बाहा गर्दै आएकी छिन। कलाकारहरुको उत्थान, हक-हित र अधिकारको लागि सधैँ सपर्पित रहदै र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटका साथ आफूले उम्मेदवारी दिएकाे कबिता बताउछिन।

उम्मेद्वारी दर्ता गर्नको लागि पनि आफूभन्दा अग्रज कलाकार समकक्षि अनुज तथा पत्रकार साथीहरुसंग सल्लाह सुझाब लिएर अगाडि बढेको र आफूलाई सहयोग गरि बिजय गराई दिनुहुन कलाकारहरु, पत्रकारहरु सबैमा अभिनेत्री कलाकार गेलालले आग्रह गरेकी छिन ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..