काभ्रेपलान्चोक – नेपाली महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकिदै छ । तिजको शुभकामना सहित नेपालको साडी मै बोलको गित सार्वजनिक भएको छ । गितमा पछिल्लो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मोडल तथा निर्देशक संजिव ठकुरीको अभिनय देख्न सकिन्छ । लामो समय देखि अभिनय गर्दै आएका ठकुरीले यस गीतमा पनि निर्देशन गरेका छन्।

“नेपालीको साडी मै” बोलको तिज गित मौलिक नेपाली समाजको चित्रण गरेर तयार गरिएको छ । यसमा शब्द कृष्ण विस्वकर्माको रहेको छ भने स्वर सपना कसेर खुमा र राकेश धामीको रहेको छ । गीतको संगीत पनि कृष्णले नै गरेको छन् भने रेकर्डिङ मालश्री रेकर्डिङ स्टुडियोमा गरिएको छ।

संजिव ठकुरीले निर्देशन गरेको उक्त गीतमा संजिव ठकुरी,एलिना पर्तेल, सन्दिप न्यौपाने, एलिसा पोखरेल,नरेश सिंह, सञ्जिता बोलखे र अन्यको सामुहिक अभिनय रहेको छ भने बिन्दबासिनी म्युजिक युटुब बाट बजारमा आएको छ।  https://youtube.com/watch?v=N7F1bK14jyU&feature=share

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र