बेथानचोक  – बेथानचोक गाउँपालिकामा घरपालुवा तथा सामुदायिक कुकुरहरुको बन्ध्याकरण र रेविज बिरुद्ध खोप प्रदान गरिएको छ ।
पालिका भित्र रहेका सामुृदायिक तथा घरमा पालिएका कुकुरहरुको बन्ध्याकरण गरिएको छ । बेथानचोक गाउँपालिकाको कार्यालय तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको आयोजना र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धुलिखेलको समन्वयमा कार्यक्रम भएको हो ।
बन्ध्याकरण उद्घाटन कार्यक्रममा बेथानचोक पालिका प्रमुख भगवान अधिकारी, उपाध्यक्ष तारा राना, निवर्तमान पालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख राजकुमार हुमागाई, नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरका अध्यक्ष आनन्द दाहाल, डा दुर्गा पाण्डे, सविता ज्ञवाली पालिकाका विभिन्न वडाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
बेथानचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा छाडा कुकुरहरुलाई लक्षित गरि कुकुर बन्ध्याकरण कार्यक्रम तथा रेविज खोप प्रदान गरिएको पशुसेवा कार्यालय बेथानचोकका प्रमुख उमेश दाहालले बताए । दाहालका अनुसार कुल ७० भन्दा बढि कुकुरको बन्याकरण गरिने छ । ६ महिना उमेर बढि उमेर भएका कुकुरको बन्ध्याकरण गरिनुका साथै ६ महिना मुनीका कुकुरका लागि रेविज बिरुद्धको खोप लगाइएको दाहालले बताए ।

तपाईको प्रतिक्रिया

भुम्लु गाउँपालिका वडा न ७ समृद्धिको यात्रामा Documentary Bhumlu Gaupalika Oda No 7 Phalate वृतचित्र