भक्तपुर/निजी विद्यालयकाे संगठन ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६-१८ गते सम्पन्न गरेको छ । विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा गरिएको ईप्सन ओलम्पिकमा ग्लोबल स्कुल प्रथम, मदरल्याण्ड स्कुल द्धितीय, सूर्योदय स्कुल र ईडेन गार्डेन स्कुल तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
ईप्सन ओलम्पिकको समापन तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिपक थापाले शिल्ड प्रदान गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व गरेका ईप्सनका अध्यक्ष जिबि खड्काले खेलाडीहरुलाई मेडल लगाइ दिनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि थापाले निश्चित स्कुलहरुको सानो समूहले पनि यस्तो प्रकारको खेलकूद प्रतियोगिता सम्पन्न गरेकोमा प्रशंसा गर्दै शुभेच्छा प्रदान गर्नु भयो । साथै ईप्सन अध्यक्ष जिबि खड्काले ईप्सन भित्रका जुनै विद्यालय विजयी भए पनि इप्सन नै विजयी भएको बताउनुभयो ।
ईप्सन भक्तपुर अन्तर्गतका ११ वटा विद्यालयहरु मध्ये १० वटा विद्यालयले सहभागिता जनाएको सो ओलम्पिकमा माध्यमिक तह छात्रा तर्फको पोर्टबलमा मदरल्याण्ड स्कुलले गोल्ड, ग्लोबल एकेडेमीले शिल्भर, क्वालिटी स्कुल र सूर्योदय स्कुलले ब्राउन्च मेडल जितेका थिए । माध्यमिक तह छात्र तर्फको फुटसलमा ग्लोबल एकेडेमीले गोल्ड, सूर्योदय स्कुलले शिल्भर, मदरल्याण्ड स्कुल र विमल मेमोरियल स्कुलले ब्राउन्च मेडल प्राप्त गरेका थिए । आधारभूत तह खु्ला बाइ साइकल व्यालेन्सिगंमा मदरल्याण्ड स्कुलले गोल्ड र ब्राउन्च मेडल तथा सूर्योदय स्कुलले शिल्भर र ब्राउन्च मेडल जित्न सफल भए । खुल्ला लगंजम्पमा विमल मेमोरियल स्कुलले गोल्ड, ईडेन गार्डेनले शिल्भर, मदरल्याण्ड स्कुल र सूर्योदय स्कुलले ब्राउन्च मेडल हासिल गरे।
साथै कक्षा १,२ र ३ का छात्रछात्रा बीचको वाटर फिलिगं खेलमा ईडेन गार्डेनले गोल्ड, ग्लोबल एकेडेमीले शिल्भर, ईडेन र मदरल्याण्ड स्कुलले ब्राउन्च मेडल प्राप्त गरेका थिए। दौड १०० मिटरमा कक्षा ४ र ५ को छात्रा तर्फ सूर्योदय स्कुलले गोल्ड र ब्राउन्च, ईडेन गार्डेनले शिल्भर तथा पारिजात स्कुलले ब्राउन्च मेडल हात पारेका थिए। त्यसै गरी छात्र तर्फ ग्लोबल स्कुलले गोल्ड, पारिजात स्कुलले शिल्भर र ईडेन गार्डेन स्कुलले २ वटा ब्राउन्च मेडल जितेका जित्न सफल भएका थिए। उल्लेखित सबै खेलको अंक गणना गरी स्कुल प्रथम, द्धितीय र तृतीय गरी छुट्याइएको जानकारी ईप्सन भक्तपुरका सचिव विजय कर्मचार्यले दिनु भयो ।
अध्यक्ष खड्काले ईप्सन ओलम्पिक प्रतियोगिताको संयोजन गर्नु हुने संस्थाका सचिव विजय कर्मचार्यलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ! साथै मदलल्याण्ड स्कुलको प्रांगणमा पोर्टबल, व्यालेन्सिगं वाईसाइकल र वाटर फिलिगं खेल सम्पन्न गरी सहयोग पुराएकोमा स्कुल परिवारलाई पनि धन्यवाद प्रदान गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..