राजविराज, ३१ वैशाख / राजन थापा
प्रारम्भिक साक्षरता तथा गणितिय सीप सम्बन्धि बालबिकासका बालशिक्षकहरुको लागि पाँच दिने तालिम आज यहाँ सम्पन्न भएको छ ।

सप्तरीको खडक नगरपालिका कल्यानपुरमा खडक नगरपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालको समुन्नति कार्यक्रमले उक्त तालिमको आयोजना गरेको थियो ।

खडक नगरपालिकाको नगरप्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यमा आज तालिम सम्पन्न भएको छ ।
प्रारम्भिक बालबिकासका बालशिक्षकहरुलाई प्रारम्भिक साक्षरता तथा गणितीय सीपहरुको बारेमा जानकारी गराउने,बालविकास केन्द्रमा प्रारम्भिक साक्षरता तथा गणितीय सीप प्रयोग बारे जानकारी,बिषयस्तु संग सम्बन्धित सिकाइ सामाग्री निर्माण गर्ने उदेश्य सहित तालिम दिइएको छ ।

उक्त तालिममा खडक नगरपालिकाका २५ जना बालशिक्षकहरुको सहभागिता गराइएको थियो ।
सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाको अध्यक्षतामा सम्पन्न भएको तालिममा शिक्षा शाखा प्रमुख वीरेन्द्र कुमार यादव, सबल नेपालका परियोजना संयोजक रोशन कुमार मण्डल, फिल्ड अधिकृत राधेश्याम राम , कार्यक्रम सुपरभाइजर अशोक कुमार साह सहितको उपस्थित रहेको थियो । कार्यक्रममा सहभागि अतिथिहरुले खडक नगरपालिका अन्तर्गत सबै बालबिकास केन्द्र र कक्षा १ मा अग्रेजी माध्यबाट भइरहेको पढाईलाई अझै सुधार र गुणस्तयरीय शिक्षा दिनुपर्नेमा जोड दिए ।
तालिममा सहभागी बाल शिक्षकहरुलाई शैक्षिक समाग्री र प्रमाणपत्र बितरन गरिएका थिए ।

तालिमको सहजिकरण भने सबल नेपालका फिल्ड अधिकृत डिकुरा पोखरेल र कार्यक्रम सुपरभाइजर राधा कुमारी चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly