काठमाडौं । फोटोपसलद्धारा कपल च्वाईस वेडिङ फोटो अवार्ड २०२४ प्रतियोगिताको घोषणा सार्वजनिक भएको छ । प्रस्तुत छ फोटोपसलद्धारा जानकारीको लागि प्रस्तुत गरिएको प्रेस विज्ञप्ति ।
प्रेस विज्ञप्ति,
नमस्कार ।
फोटोपसल नेपाली व्यवसायीक फोटोग्राफरहरुको लागि फोटाग्राफी क्षेत्रमा सिप, ज्ञान, प्रविधि सहितको व्यावसायीक प्रवद्र्धनमा योगदान तथा सहकार्य गर्ने उदेश्यले २०७६ सालमा स्थापित व्यवसायीक संस्था हो ।
संस्थाले स्थापना कालदेखिनै फोटोग्राफरहरुको क्षमता विकास र व्यवसायीक प्रवद्र्धनका लागि निशुल्क योगदान गर्दै आईरहेको छ । संस्थाले यसअघि पनि विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिसकेको छ ।
जस अन्तर्गत पहिलो संस्करणमा कोभिड फोटो प्रतियोगिता २०२०, दोस्रो संस्करणमा कपल पोर्टेट फोटो प्रतियोगिता २०२१ गरेको हो । यसै क्रममा फोटोपसलले तेस्रो संस्करण अन्तर्गत कपल च्वाईस वेडिङ फोटो अवार्ड २०२४ प्रतियोगिता सञ्चालन गर्न गइरहेको जानकारी गराउँदछौं ।
नेपाली तथा विदेशी वरिष्ठ फोटोग्राफरहरू निर्णायक रहने यस प्रतियोगिताले नेपाली फोटोग्राफरहरूको नाम अन्तराष्ट्रिय स्तरमा पुर्याउनुका साथै फोटोग्राफरहरूको क्षमता विकास एवं सम्मानले आम नेपाली फोटो व्यवसायीहरूलाइ हौसला प्रदान गर्नेछ ।
नेपाली फोटोग्राफी व्यवसायलाइ माथी लैजान उल्लेख्य योगदान पु¥याउने विश्वासका साथ यस प्रतियोगिताले नेपाली फोटो उद्योगलाई थप टेवा पु¥याउनेमा फोटो पसल परिवार विस्वस्त छौं । विश्व फोटोग्राफी दिवसको अवसरमा प्रतियोगिताका विजयी, उत्कृष्ठ एवं सर्वाेत्कृष्ट फोटोग्राफर हरूलाई सम्मान गरिनेछ ।
प्रतियोगितामा सहभागी फोटोग्राफरहरूको क्षमता अभिवृद्धिका लागि एडभान्स फोटाग्राफी कक्षा बरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत द्धारा सञ्चालन गरिनेछ । हामीले विगत देखिनै गर्दै आएको सिपमुलक तालिम निशुल्क रहँदै आएको छ । समय समयमा हुने यस्ता प्रतियोगीताले पक्कै पनि फोटो व्यवसायीहरूलाई केहि ज्ञान समेत दिनेछ भन्ने विश्वास लिएका छौं ।
विगतमा जस्तै यस अवार्डले फोटोग्राफर हरूलाई हौसला, सम्मान एवं ख्याती दिनेकुरा स्पष्ट पार्दै सम्पुर्ण संचारकर्र्मी, फोटोग्राफर एवं फोटोग्राफर संघहरूले यो अवार्डको बारेमा जानकारी,सुचना सम्प्रेषण गरि फोटोग्राफरलाई हौसला दिनुहुनेछ भन्ने आशा व्यक्त गरेका छौं ।
प्रतियोगितामा सहभागी बन्नका लागि फोटोग्राफरहरूले २०८० चैत्र १५ गते बाट फोटो पठाउन सक्नेछन् ।
कप्पल चोईस वेडिङ फोटो अवार्ड २०२४ मा को को सहभागी हुन पाउनेछन ?
कप्पल चोईस वेडिङ फोटो अवार्ड २०२४ मा नेपाल तथा अन्य देशका स्वतन्त्र एवं व्यवसायीक फोटोग्राफर सबैले भाग लिन सक्नेछन् । सहभागी हुन कुनै शुल्क लाग्ने छैन । विवाहित जोडिले समेत यस प्रतियोगितामा भाग लिन सक्नेछन तर भाग लिदा फोटोग्राफरको नाम वा फोटोग्राफी कम्पनीको नाम लेखेर पठाउनु पर्नेछ तर फोटोग्राफर नेपाली नागरिक हुनुपर्नेछ ।
प्रतियोगितामा कस्तो फोटो पठाउने ?
यस प्रतियोगिताको उदेश्य व्यवसायीक फोटोग्राफरहरूको पेशालाइ सहयोग पुग्ने हुनाले वर्तमान अवस्थामा फोटोग्राफरहरुले आउटडोर, स्टुडियो, विवाह वा कुनै पनि समारोहमा खिचिएको जोडि फोटो पठाउन सक्नुहुनेछ । यी फोटोहरू दुलाहा दुलहि वा जोडिले मनपराएको हुनु पर्नेछ किनकि अवार्डको नाम पनि कप्पल चोईस वेडिङ फोटो अवार्ड २०२४ रहेको छ । यसले गर्दा ग्राहक तथा फोटोग्राफरको रोजाइले फोटोमा नविनता ल्याउनेछ र व्यवसायलाइ सहयोग पुग्ने छ ।
प्रतियोगिातमा कसले कसले अवार्ड पाउछन ?
यस प्रतियोगितामा उत्कृष्ठ फोटोग्राफरले अवार्ड पाउनेछन् । साथै कपलले मनपराएको फोटो समावेश भएको हुनाले उक्त फोटोका जोडिलाई समेत सम्मान तथा उपहारको व्यवस्था गरिएको छ । अवार्ड सम्वन्धी निर्देशिका जोडी अर्थात कपल फोटोहरू हुनु पर्नेछ । लोगो तथा अक्षर लेखिएको फोटोले प्रतियोगितामा सहभागीता जनाउन पाउने छैन । त्यसैले डिजिटल कपि फोटो पठाउँदा कुनै पनि लोगो प्रयोग नगर्नुहोला । एक जना फोटोग्राफरले १ वटा मात्र फोटो पठाउन पाइने छ । यदि कपलले समेत छुट्टै फोटो पठाउँदा सोहि फोटोग्राफरको नाममा फरक फोटो पठाएको खण्डमा दुबै फोटोले मान्यता पाउने छ । आर्टिफिसेल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरि फोटोको वास्तविकतालाई असर पार्ने गरि पठाइएको फोटोले मान्यता पाउने छैन ।
तर सामान्य कलर करेक्सनलाइ मान्यता दिइने छ । फोटोग्राफरको नाम, मोवाइल नम्बर स्पष्ट लेखेर मेलमा पठाउनु पर्नेछ । सामान्य फोटोसप तथा कलर करेक्सन गरि फोटोलाइ आकर्षक बनाउन पाइनेछ । फोटोको क्याप्सन अनिवार्य छैन तर लेखेर पठाउँदा राम्रो कपल अर्थात दुलहा दुलहि को अनुमति लिएर उहाँहरूको रोजाईलाई ध्यानमा दिएर मात्र फोटो पठाउनुहोला । प्रतियोगीतामा समावेश भएका फोटोहरू प्रर्दशनी, मिडियामा समेत आउने हुनाले कृपया अनुमति बिना फोटो नपठाउनु होला । फोटोग्राफरको नैतिक अधिकार हनन हुने गरि फोटो पठाउन पाइने छैन । यदि त्यस्तो कार्य गरिएको थाहा पाएमा फोटोको अवार्ड खोसिने छ । अवार्ड प्राप्त फोटोहरू बिक्रीवितरण भएमा त्यसको आर्थिक अधिकारमा ७० प्रतिशत फोटोग्राफरलाइ नै दिइनेछ ।
File Format : Jpg (recommended), File, Dimensions : 8-inches (or 2,400 pixels) on the longest dimension Resolution: 300 DPI (min.), Colour Mode: RGB File Size: Max. 10 MB for images/jpg files
निर्णायक (जुरी) मण्डलमा को को हुनुहुन्छ ? हामिले कोभिड फोटो प्रतियोगीतामा बरिष्ठ फोटो पत्रकार विकास रौनियार, बरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, बरिष्ठ पत्रकार मधुसुदन पौडेल लाई निर्णायक मण्डलमा राखेका थियौं भने कपल फोटो प्रतियोगीता २०२१ मा दक्षिण अमेरिकी फोटोग्राफर जेम्स वि.सेलोमन, भारतिय फोटोग्राफर किगन डेनिस एवं नेपालका वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत हुनुहुन्थ्यो । यस वर्षको प्रतियोगीतामा नेपालको वरिष्ठ फेसन फोटाग्राफर राजभाई सुवाल, कमर्सियल फोटोग्राफर तथा फोटो पत्रकार राजु भण्डारी, एवं रोमानीयाका वरिष्ठ फोटोग्राफर कास्टि मोईकिन्यु हुनुहुन्छ ।
फोटो कहाँ पठाउने ?
फोटोपसलेका आधिकारिक ईमेल [email protected] अथवा www.photopasal.com गई विस्तृत जानकारी लिन सक्नुहुनेछ ।
कार्यक्रम संयोजक : फोटोग्राफर विक्रम न्यौपाने सम्पर्क : ९८६२२५४०११
धन्यवाद ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..