२६ वैशाख, काभ्रेपलाञ्चोक – नेकपा एमालेका तर्फबाट मण्डनदेउपुर नगर प्रमुखको उम्मेदवार रहेका नेता बिदुर प्रसाद सापकोटाले मण्डनदेउपुरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आसन्न निर्वाचनका लागि जनताको घरदैलोमा रहनुभएका नेता सापकोटाले कृषिका लागि उर्वर भुमी भएको र सिञ्चाईको व्यवस्थपनका लागि पनि सहज भएको भन्दै कृषिलाई व्यवसायिक पेशा बनाउँदै युवाहरूलाई स्वरोजगार बनाउने बताउनुभएको हो ।

नेता सापकोटाले कृषिक लागि आवश्यक रासायनिक मल र उन्नत जातका विउ विजन सहज रुपमा उपलब्ध गराउने र हरेक वडमा कृषि प्राविधिकको व्यवस्थापन गर्दै उत्पादनलाई बढाउन सहयोग पुर्याउने बताउनु भयो । उहाँले भन्नुभयो “कृषि पेशा अहिले निर्वाहमुखी उन्नत जातको बिउ विजनको अभाव, रासायनिक मलको अभाव र बालीमा लाग्ने रोगले गर्दा किसान कृषि पेशाबाटै पलायन हुने अवस्था आएको छ । हामी त्यसलाई व्यवस्थापन गर्दै, उत्पादनको न्युनतम समर्थन मूल्य कायम गरी भण्डारनको समेत व्यवस्था गर्ने योजना अघि बढाउने र नगरको उत्पादनलाई नगरमै खपत गराउने अभियानको थालनी गराउने छौं । युवाहरूलाई स्वरोजगार बनाउन अनुदान तथा सहुलियत ऋणको व्यवस्था गर्ने सामुहिक खेती प्रणालीको विकास गर्दै समूहमा कृषि औजारहरू अनुदानमा उपलब्ध गराउने छौं । हरेक खेतीयोग्य जमिनमा सिञ्चाइको सुविधा पुर्याउने र कृषि सडकको निर्माण र स्तरोन्नती गरी ढुवानिको सहजता प्रदान गर्नेछौं ।” सापकोटाले भ्रष्टाचार र बेथितिरहित नगर बनाउने र हरेक योजनाको सामाजिक परीक्षण गराउने कार्यको थालनी गर्ने समेत बताउनुभएको छ ।

प्रत्येक वडाका सडकलाई व्यवस्थित गर्ने योजनाका साथ निर्वाचनमा अघि बढेका सापकोटाले नगर अस्पताललाई स्तरोन्नती गरि आइसियु र भेन्टिलेटर सहितको सुविधासम्पन्न अस्पताल बनाउने भन्दै मण्डनदेउपुर जन्मभुमी भएका डाक्टरहरुलाई भन्नुभयो – महिनामा एकदिन आफ्नो गाउँ–ठाउँ हेर्न र आमा बुबालाई भेट्न आउनुहोला र निःशुल्क सेवा गर्नुहोला ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..