

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गर्दै प्रहरी सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। विभिन्न शाखाको अवलोकनसँगै प्रहरी अधिकृत र जवानलाई बिशेष निर्देशन प्रदान गर्दै उनले खुला सीमाका कारण हुने अपराध, चोरी–तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रणमा कडाइ गर्न निर्देश दिए।
बिज्ञापन

सेवाग्राहीको समस्यालाई प्राथमिकतामा राखी प्रविधिमैत्री नागरिक सेवा प्रदान गर्न आग्रह गर्दै घिमिरेले जिल्लाभरि लामो–छोटो दूरीका गस्ती बढाउन, जनचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न तथा दुर्घटना न्यूनिकरणमा ध्यान दिनुपर्ने बताए। निरीक्षणका क्रममा मोरङका प्रहरी प्रमुख एसपी कबिता कटुवालले जिल्लाको समग्र शान्ति–सुरक्षाबारे जानकारी गराएकी थिइन्।




