काभ्रे जिल्लामा आज ९९ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन्  भने ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट १ जना पुरुष, र धुलिखेल नगरपालिकाबाट १ जना महिला र २ जना पुरुष गरी ४ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा बेथानचोक गाउँपालिकाबाट ४ जना महिला, नमोबुद्ध नगरापलिकाबाट २ जना महिला र ४ जना पुरुष र पनौती नगरपालिकाबाट ७ जना महिला र १० जना पुरुष गरी २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १३ हजार ४ सय २१ पुगेको छ । त्यस्तै जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १२ हजार ५ सय ३४ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । योसँगै कोरोना संक्रमणका कारण काभ्रेका १ सय ८१ जनाको मृत्यु भएको कार्यालयका प्रमुख डा.झाले बताए ।

३ सय ८ जनाले लगाए दोस्रो मात्राको कोभिडसिल्ड खोप
जिल्लामा १२ वटा खोप केन्द्रमा १ सय ६३ जना महिला र १ सय ४५ जना पुरुष गरी ३ सय ८ जनाले दोस्रो मात्राको कोभिडसिल्ड खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….