रोल्पाली चेली फाउन्डेसनद्वारा तीजको दर खाने कार्यक्रम सम्पन्न

 

बनेपा । रोल्पाली चेली फाउन्डेसनले आयोजना गरेको तीजको दर खाने विशेष कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । नेपाली चेलीहरूको एकता, संस्कृति, माया र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको रोल्पाली चेली फाउन्डेसन अध्यक्ष यमुना केसीले बताउनु भयो । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेटिएका थिए ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि पूर्व सभामुख ओनसरी घर्ती रहनुभएको थियो । उहाँले नेपाली चेलीहरूको सक्रियता, सामाजिक उत्तरदायित्व तथा संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, विशिस्ट अतिथि पूर्व मन्त्री जय पुरी घर्ती, माननीय राजन दाहाल, उद्योग बाणिज्य संघको केन्द्रिय अध्यक्ष भवानी राणा तथा समाजसेवी व्यक्तित्वहरू, महिला समाजका अगुवाहरू, दिदीबहिनी र दाजुभाइहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य, आतिथ्य सत्कार तथा अतिथिहरूको प्रेरणादायी भनाइहरूले कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाएको थियो ।

दर खाने कार्यक्रममा सहभागी महिलाहरूले तीजको उल्लासमय वातावरणमा सांस्कृतिक नृत्य तथा गीतमार्फत मनोरञ्जन प्रस्तुत गरेका थिए । गायिका तथा कलाकारहरूले प्रस्तुत गरेका तीज विशेष गीतले कार्यक्रममा रौनक थपेको थियो ।

रोल्पाली चेली फाउन्डेसनले विगतदेखि नै सामाजिक सेवा, महिलाको सशक्तिकरण र सांस्कृतिक संरक्षणमा निरन्तर क्रियाशील रहँदै आएको छ । अध्यक्षको भनाइअनुसार यस्ता कार्यक्रमहरूले आन्तरिक एकता, आपसी सहयोग र संस्कृतिको पहिचानलाई अझ प्रगाढ बनाउने लक्ष्य लिएको छ ।