बनेपा – बरिष्ट ब्युटिसियन तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारंजितले ब्युटिसियन मिना लामाको बनेपा स्थित नयाँ व्युटी पार्लर ‘बनेपा फेसियल हाउस’को उद्घाटन गरेकी छिन् । सो पार्लरको रिवन काटेर उनले शनिबार उद्घाटन गरेकी हुन् । रोज सिप विकाश तालिम केन्द्रमा लामो समय प्रशिक्षण लिएर मिनाले सो पार्लर खोलेकी हुन् ।
उद्घाटन समारोहमा बोल्दै बरिष्ट ब्युटिसियन सोनीले भनिन्,‘केही गर्छु भन्ने उदेश्यका साथ लामो समयदेखि ब्युटिपार्लर सम्बन्धि सम्पूर्ण प्रशिक्षण लिएकी मिनाले आज आफ्नै व्युटिपार्लर खोल्दा म अत्यन्त खुसी छु । सुविधा सम्पन्न बनेपा फेसियल हाउस यो क्षेत्रकै उत्कृष्ट पार्लर हुने विश्वास मैले लिएकी छु ।’ अहिलेसम्म आफुले १० हजार भन्दा बढीलाई प्रशिक्षण दिएका मध्य मिना पनि त्यत्तिकै सक्षम विधार्थी भएको पनि उनले बताईन् ।
कार्यक्रममा राजधानी दैनिकमा अग्रज पत्रकार एवम् गीतकार डब्बु क्षत्रीले ब्युटिसियन ट्यालेन्ट नेपाल २०२१ की सेकेन्ड रनरअप समेत भएकी मिनाको लामो अनुभवले बनेपा फेसियल हाउसको सेवा उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।
आफु यो पेशामा आत्म निर्भर हुन्छु भनेरै लामो समय ब्युटिसियन सम्बन्धि प्रशिक्षण लिएर बल्ल आफुले बनेपा फेसियल हाउस खोलेको व्युटिसियन तथा बनेपा फेसियल हाउसकी अध्यक्ष मिना लामाले बताईन्,‘बनेपामा सुविधा सम्पन्न व्युटिपार्लर चल्छ र जस्तो लागेको थियो । तर यहाँ त काठमाडौका भन्दा ब्रान्डेड कस्मेटिक सामग्री प्रयोग गर्ने कस्टमरहरु पाएर म निकै खुसी छु ।’ मिनाले भनिन्,‘रोज ब्युटी पार्लरमा प्रशिक्षण लिँदा मेरो गुरु सोनी कारँजित जस्तै हुन्छु भनेकी थिएँ । उहाँकै प्रेरणासँगै मेरो श्रीमानको सहयोगले आज यो पार्लर सञ्चालन गर्न सक्षम भएकी छु ।’ बनेपा फेसियल हाउसले महिला पुरुष दुबैलाई सौन्दर्य सम्बन्धि सम्पूण सुविधा दिने पनि मिनाले बताईन् । कार्यक्रममा मेकअप आर्टिस्ट राज पाण्डेसहित विभिन्न व्यक्तीहरुले मिनालाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..