बालेनले झापा-५ को टिकट जनकपुरमा लिए

# बालेनले झापा-५ को टिकट जनकपुरमा लिए
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, माघ ०५, २०८२
बालेनले झापा-५ को टिकट जनकपुरमा लिए

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा-५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् । उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन् । लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए ।

झापाबाट चुनाव लड्नकै लागि बालेनले आइतबार काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका थिए । पदबाट राजीनामा दिएलगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेका थिए । त्यहाँ उनले वरिष्ठ नेताको पदभारग्रहण गरे । त्यसपछि उनी जनकपुर गएका थिए । हवाइमार्गबाट जनकपुर पुगेका उनले त्यहाँ आयोजित पार्टीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गरेका छन् ।

बालेन झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितसँग चुनावी प्रतिस्पर्धा गर्नेछन् । बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
up