नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । “टयाटुड ट्रक्स अफ नेपाल- हर्न प्लिज” नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूणर् साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ । साथै नेपालमा भन्ने गरिएको ट्रक साहित्य र ट्रक सजाउन प्रयोग भएका कला र आकृतिलाई पनि नेपालको संस्कृतिसँग तुलना गरिएको छ ।

साँघुरा घुम्तीहरुमा उकालो ओरालो मापन गर्दै स्टेरिङ्ग घुमाउन खप्पिस चालकहरुको आनीवानीदेखि भोगाईसम्मलाई यो डकुमेन्ट्रीमा समेटिएको छ । करिब ५७ वर्षअघि यस्तै एक ट्रकको पछाडि बसेर काठमाडौँबाट चितवनको नारायणगढ उत्रिएका २३ वर्षीय अमेरिकी रन रयान्सनले तयार पारेको उक्त फिल्मले सडकभित्रका यी अनेक कथालाई मात्र समेटेको छैन यसले नेपालका बहुआयामिक सांस्कृतिक र सामरिक पाटोका साथै सामाजिक, आर्थिक विषयलाई समेत यसमा उनेको छ ।

त्रिशुली नदीको किनारै किनार निष्पट्ट अँध्यारो रातलाई छिचोल्दै र चालकको अड्कलबाट घुम्तीहरु काट्दै तथा कालो धुँवाको मुस्लो छोड्दै कुद्ने मालवाहक ट्रकको कथा आफैँमा रोमाञ्चक छ । त्यसमाथि अनेकन पात्र र प्रवृत्तिका मानव समुदायको बसोबास रहने काठमाडौँ जान आवश्यक सामान पिठ्यूँमा बोकेर लम्किएका मानिस र ट्रकका कथाहरुलाई तिनका चालक र सहयोगीहरुका दैनिकी पनि निकै रोमाञ्चक रुपमा यस फिल्ममा समेटिएका छन् । मानिसका यी चुनौतीमाथि सडकको कहालीलाग्दो अवस्था त जोडिएकै छ ।

अहिले पनि पहिलो पटक यात्रा गर्नेहरुका लागि यो जोखिमपूणर् यात्रा नै हो । त्यसमाथि आधा शताब्दी अगाडि राजधानी जोडने एक मात्र राजमार्ग कस्तो थियो होला ? अहिले त सहजै अनुमान गर्न पनि सकिन्न । यस्तै विषयहरुको व्याख्या भोलिको पुस्तालाई रोमाञ्चक इतिहास बन्न सक्छ । यो डकुमेन्ट्रीमा त्यसबेलाको परिस्थिति र अवस्थालाई त्यसैगरी पस्किनुभएको छ रनले ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..