जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले जिल्लामा रहेका सहकारी अभियानकर्मीहरुका बीच अन्र्तक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा ४५ जना भन्दा बढी अभियानका शीर्षस्थ नेतृत्वहरुको सहभागिता रहेको थियो । जिल्लाबाट केन्द्रिय तहसम्म नेतृत्व गरेका जिल्लाका अभियानकर्मीहरु बीचमा भएको छलफलले देशभर सहकारी अभियानमा देखा परेका विभिन्न समस्या तथा समाधानका उपायहरुका बारेमा खुल्ला बहस गरेको थियो । जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माले समग्र जिल्लाको सहकारीको अवस्था, जिल्ला सहकारी संघ लि. ले गर्दै आएका अभियानका कार्य तथा आगामी कार्य दिशा र योजना सहित प्रस्तुत गर्दै जिल्लामा सहकारी क्षेत्रमा देखिएका सहकारीका समस्या, चूनौती तथा अवसरहरुका बारेमा जानकारी गराएका थिए भने संघका पूर्व अध्यक्ष तथा सल्लाहकार मुकुन्दप्रसाद दाहालले हाल सहकारी क्षेत्रमा देखिएका अवस्थाका बारेमा कार्यपत्र समेत प्रस्तुत गरी समग्र अभियानमा देखिएका जिल्लाको अवस्थाका बारेमा जानकारी गराउँदै उक्त कार्यक्रममा जिल्लाको सहकारी अभियानमा देखिएका समस्या र यसका विषयहरुका बारेमा आफनो धारणा राखेका थिए । १२ जना भन्दा बढी सहकारी अभियानका व्यक्तिहरूले सुझाव राखेको उक्त कार्यक्रममा जिल्ला सहकारी संघका सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, पूर्व अध्यक्ष तथा सल्लाहकार, विषयगत संघका अध्यक्षहरु, राष्ट्रिय सहकारी बैंक काभ्रे शाखा, म्यानेजर्स क्लव, काभ्रे र लामो समयसम्म अभियानमा निरन्तरता दिनुहुने अभियानकर्मीहरुका बीचमा छलफल गरी विभिन्न विषयहरुमा सहकारी संस्था सुदृढिकरण, सुद्धीकरण, विकास अनि प्रवर्द्धनमा लाग्ने सामुहिक उत्तरदायित्व वहन गर्ने प्रतिबद्धता सहित नजिकिदै गएको बडा दशैं, दिपावली, छट लगायतका पर्वहरुको अवसरमा शुभकामना आदन प्रदान सहित अपिल जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly