पनौती, राधाकृष्ण बिस्कुट इन्डष्ट्रिजका मेनेजर जीवन बस्नेतले पनौती नगरपालिकामा रहेको प्राणनाथ माइती वृद्धाश्रमलाई सहयोग हस्तान्तरण गरेका छन् ।
समाजसेवी तथा राधाकृष्ण बिस्कुट इन्डष्ट्रिजका मेनेजर बस्नेतको पहलमा राधाकृष्ण बिस्कुट इन्डष्ट्रिज धुलिखेल ५ ले उपलब्ध गराएको बिस्कुट वृद्धाश्रममा आश्रित वृद्ध वृद्धाका लागि राहत स्वरुप एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । बस्नेतले वृद्धाश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनालाई करिव १० हजार बराबरको बिस्कुट हस्तान्तरण गरेका हुन् । वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरुलाई साउनको झरीमा पौष्टिक आहार राहत स्वरुप सहयोग गरिएको बस्नेतले बताए । उनले आगामी दिनमा पनि वृद्धाश्रमलाई सहयो उपलब्ध गराउने बताए ।
संस्थाका अध्यक्ष रघुनाथ तिमल्सिनाले सबैको सहयोगबाट वृद्धाश्रम चलेको बताउँदै बिस्कुट सहयोग गरेकोमा आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । यो सहयोगले बृद्धाश्रममा रहेका वृद्धवृद्धालाई ठूलो राहत पुगेको अध्यक्ष तिमल्सिनाले बताए । वृद्धाश्रममा देशका विभिन्न स्थानका ४३ जना वृद्धवृद्धा आश्रित रहेको समेत तिमल्सिनाले जानकारी दिए । समाजसेवी बस्नेतले वृद्धाश्रममा आश्रित वृद्धबृद्धालाई सानै भए पनि सहयोग गर्न पाउँदा मनै प्रफुल्लित भएको बताए ।

सहयोग हस्तान्तरण गर्न बस्नेतका साथमा समाजसेवी राजु श्रेष्ठ, नृत्य निर्देशक संघ काभ्रे, राष्ट्रिय संगीतकर्मी संघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द, राष्ट्रिय संगीतकर्मी संघ पनौती काभ्रेका सहसचिव तथा समाजसेवी सुरज खड्का बृद्धाश्रममा पुगेका थिए ।
ुसहयोग हस्तान्तरणमा वृद्धाश्रमका पदाधिकारी तथा आश्रित वृद्ध वृद्धाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..