काभ्रेपलान्चोक – ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ मा एकसाथ ३ विजेता छानिएका छन् । हिमालयन दृस्य रिसोर्टमा शनिबार सम्पन्न प्रतियोगीतामा जुनियर र सिनियर गरेर एक साथ तीन विजेता छानिएका हुन् ।

‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ केटी तर्फ बनेपा -१० मा रहेको नाइटिङ्गेल ऐकेडेमी आरध्या बिष्टले शिर्ष उपाधि चुमिन् । यही प्रतियोगितामा इलियाना वैद्य फष्ट रनरअफ र नाइटिङ्गेल ऐकेडेमी कै हर्षिका खड्का सेकेन्ड रनरअप हुँदा उत्सुक्ता श्रेष्ठ थड रनरअफ भइन्                      ।

त्यस्तै प्रतियोगीतामा ‘किड्स अफ द इयर इन्टरनेशनल’ केटा तर्फ विलिप मानन्धर शिर्ष विजेता बने । यही प्रतियोगिता तर्फको फष्ट रनरअप सायन केसी, सेकेन्ड रनर अफ विनिक खड्गी चुनिदा थर्ड रनरअप मेवान देगम शाक्य घोषित भए । 

प्रतियोगीतामा ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ सिरिनयर केटी तर्फको उपाधि भने बनेपामा रहेको नाइटिङ्गेल ऐकेडेमीको सिखा मान्नधरले हात पारिन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा आशिष थापा (प्रमुख प्रशासक मिलियन ह्वाइट हाउस स्कुल ) इन्दु थापा (प्रिन्सिपल बेलर इन्टरनेशनल स्कुल), असोक पाण्डे ( प्रिन्सिपल सेमरक निष्ट स्कुलका ), उमा बस्नेत ( भाईस प्रिन्सिपल नाइटेङ्गल स्कुल) र पुकार कर्णजित (पहिलो मिष्टर काभ्रे तथा अध्यक्ष अर्किट इन्टरनेशनल स्कुल) निर्णयक रहेका थिए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए ।

फैजु बिगत १२ बर्षभन्दा लामो समयदेखि गुणस्तरिय राष्ट्रिय तथा अन्तराष्ट्रिय सौदर्य प्रतियोगीतामा आयोजना गर्दै आएका छन्।

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तराष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर उपहारका रुपमा प्राप्त गरेका छन् । — नयाँ पुस्ता बाट साभार

तपाईको प्रतिक्रिया

सेवा नै धर्म हो || काभ्रे भुम्लुका देबेन्द्र||भिडियो लाई धेरै भन्दा धेरै सियेर गरेर सहयोग गर्दिनुहोस