काभ्रेपलान्चोक – नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । पछिल्लो समयमा त समाजिक संजालमा भाइरल भएका गायक गायिकाले जुन गित गाए पनि निकै हिट हुने गरेको छ । टिकटक बाट आएका कलाकारले नै पछिल्लो कलाकारिता क्षेत्र चलाएको छन भन्दा फरक पर्दैन । पुराना चलेका कलाकारहरु अहिले कमै मात्रामा देखिन्छन् ।

“लर्के वर ढल्के पिपलु – २” पनि निकै चर्चामा आउने निर्माण पक्षले जानकारी दिएको छ। यस गितमा पछिल्लो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका रबिना परियारले आवाज भर्नु भएको छ । परियारले गायका गित धेरै चर्चामा छन ।                 एक पछि अर्को गर्दै गायक श्याम ठकुरी को “लर्के वर ढल्के पिपलु – २” सार्बजनिक भएको छ । श्याम ठकुरीको प्रस्तुतिमा यस भन्दा अघि थुप्रै लोक गितहरु सार्बजनिक भैसकेका छन् । गायक श्याम ठकुरी र रबिना परियारको सुमधुर स्वर सुन्न सकिन्छ । शब्द र संगीत पनि ठकुरीको नै रहेकोे छ भने मिक्सिङ गोबिन्द सोनी ले गरेका छन् ।

“लर्के वर ढल्के पिपलु – २” भिडियोलाई प्रवेश पोखरेलले सम्पादन गरेका हुन भने निर्देशन प्रकाश खमेश श्रेष्ठले गरेका छन् । भिडियोमा निर्मला मगर, दिपक लामा र अन्य कलाकारको अभिनय देख्न सकिनेछ।  https://youtube.com/watch?v=sToKD6FyPMg&feature=share

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..